बम बोकेर हिडिरहेका विप्लवका दुई जना कार्यकर्ता पक्राउ


 


काठमाडौं, साउन २९
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युष्टि पार्टी (नेकपा)का दुई जना कार्यकर्ता बमसहित पक्राउ परेका छन् ।

पार्टीले गरेको बन्दका क्रममा झोलामा बम बोकेर हिडिरहेका दुई जनालाई प्रहरीले काठमाडौंको जमलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सो पार्टीका कार्यकर्ता उषाकिरण र तारा सञ्ज्याल छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखेरलका अनुसार बन्दमा अप्रिय घटना नहोस् भनेर काठमाडौंमा २ हजार बढी प्रहरी परिचालन गरिएको छ।

काठमाडौंका नैकाप र सुन्दरीजलमा भेटिएका बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ भने अरू कुने अप्रिय घटना भएको छैन। चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित नेतालाई पक्राउ गरेको विरोधमा सो पार्टीले आज नेपाल बन्द आह्वान गरेको हो।

प्रकाशित मिति: २९ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्