यात्रुबाहक बसमा पेट्रोल बम प्रहार


 


काठमाडौं, साउन २९
रुपन्देहीको तिलोत्तमा आज विहान एक यात्रुबाहक बसमा पेट्रोल बम प्रहार भएको छि । पोखराबाट भैरहवा आउँदै गरेको लु १ ख ६६३१ नम्बरको बसमा तिलोत्तमा नगरपालिकास्थित पथ्थरडाँडामा बसमा पेट्रोल बम प्रहार भएको हो ।

अज्ञात व्यक्तिको बम प्रहारबाट एक जना सामान्य घाइते भएका छन्। घटनामा कास्की लेखनाथ १ का रोशन बहादुर थापा सामान्य घाइते भएका हुन्।

थापाको हातमा सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी नायव निरिक्षक युवराज पाण्डेले बताए। गुडीरहेको बसमा बिहान साढे ४ बजेतिर आक्रमण भएको र संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी कुमोध ढुङ्गेलले बताए।

यस्तै सोमबार साझ बुटवलको पेन्सन क्याम्पमा अज्ञात समूहले बम बिस्फोट गराउँदा सामान्य क्षती भएको छ। सर्वसाधारणलाइ तर्साउन सालझण्डी क्षेत्रमा पनि नक्कली बम राखिएको थियो।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज गरेको बन्दका कारण रुपन्देहीमा शिक्षण संस्था, कलकारखाना, बजार र सार्वजनिक यातायातका साधन ठप्प छन्।

प्रकाशित मिति: २९ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्