बढेको एकै दिनमा घट्यो सुनचाँदीको मूल्य


 


काठमाडौं, साउन २९
बजारमा सुनचाँदीको मूल्य आज फेरि घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला ५६ हजार एक सय रुपैयाँमा झरेको छ । सुन हिजो मात्रै तोलामा दुई सय रुपैयाँ बढेर प्रतितोला ५६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ३५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला सात सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २९ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्