अन्तराष्ट्रिय दर्नाल अवार्ड बैतडीकी सरस्वतीलाई


 


 

काठमाडौं, साउन २९

यस वर्षको दर्नाल अवार्ड बैतडीकी सामाजिक अभियन्ता सरस्वती नेपालीले पाउने भएकी छन् ।

जागरण मिडिया सेन्टर र समता फाउण्डेशनले दुई वर्षमा दिँदै आएको दर्नाल अवार्ड २०१८ मा नेपालीलाई प्रदान गर्न लागेको हो ।

अवार्डको राशी ५ लाख रुपैयाँको रहेको आयोजकले विज्ञप्ती निकालेर जनाएको छ । साउन ३० गते बुधबार एक कार्यक्रम गरी अवार्ड हस्तान्तरण गरिने आयोजकले जानकारी दिएको छ ।

सरस्वती नेपालीले भूमिअधिकार शिक्षा, प्रत्रकारिताको क्षेत्रमा अगुवाइ गर्नुका साथै सामाजिक न्यायमा दलितको पहुँचका लागि नेतृत्वदायी भूमिका खेल्दै आएकी छिन् ।

सन् २००८ देखि २०११ सम्म भूमिअधिकार मञ्च, बैतडीको संयोजक रहेकी नेपालीको अगुवाईमा ३७ परिवार भूमीहिनले २ रोपनीजग्गा र लालपूर्जा प्राप्त गरेका थिए ।

त्यसैगरी कार्यक्रममा अभियन्ता डडेल्धुराका कलावती भाँड, सिरहाका अरुण सदा, दैलेखका पार्वतीकुमारी विशुन्के, बर्दियाका दिलिप गन्धर्व र बाजुराका डा। रूपचन्द्र विश्वकर्मालाई पनि सम्मान गरिने जनाइएको छ ।

प्रकाशित मिति: २९ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्