यसरी हुन्छ मलमा कालोबजारी


 


गौशाला, साउन ३१
महोत्तरीको गौशालामा रासायनिक मल युरियामा कालोबजारी भइरहेको पाइएको छ। व्यापारीले कृत्रिम अभाव सिर्जना गरी युरिया मलको कालोबजारी गरिरहेको फेला परेको हो। अन्नपूर्णमा खबर छ ।

कृषि सामग्री कम्पनीमार्फत सहुलियत दरमा किसानलाई वितरण हुने युरियामा गौशाला बजारस्थित ताज ट्रेडर्सले ठगी गरेको किसानले बताएका छन्।

किसानको गुनासोपछि मंगलबार दिउँसो पत्रकार नै किसान बनेर जाँदा प्रतिबोरा मल १ हजार २ सयभन्दा तल बिक्री गर्न नसक्ने ट्रेडर्सका कर्मचारीले बताए। गौशाला–४ बिर्ताकी सुमित्रादेवी चौधरीले २ हजार ४ सय रुपैयाँमा दुई बोरा युरिया खरिद गरिन्।

दुई बिघा खेतमा धान रोपेकी उनले दुई दिन गौशाला बजारमा भौतारिँदा मल पाएको उनले सुनाइन्। ‘यो देशमा मर्कामा पर्ने भनेको त किसान त हो नि १ उखु बिक्री गरेको पैसा डेढ वर्षमा पनि पाइन्न’, उनले भनिन्, ‘धानमा युरिया मल छर्न पनि ठगिनुपरेको छ।’

सर्लाहीको हरिपुर्वाबाट मल खोज्दै गौशाला आइपुगेका ५० वर्षीय रमेश साह पनि ठगिएका छन्। दुई बिघामा खेती गरेका उनले पनि सुमित्राले किनेकै भाउमा मल खरिद गरे।

प्रकाशित मिति: ३१ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्