यसरी पाउन सक्छन् प्रतिवर्ष साढे तीन लाख युवाले रोजगारी


 


काठमाडौं, भदौं २
यदि राज्यले वित्तीय संघसंस्थाको लगानी राज्यले व्यवस्थित ढंगले परिचालन गर्नसके प्रतिवर्ष साढे तीन लाख युवाले राजगारी पाउन सक्ने सम्भावना रहेको छ ।

वित्तीय संस्थाहरूको संकलित निक्षेपलाई राष्ट्र बैंकमार्फत लगानी गर्न बनाइएको ऐनअनुसार परिचालन नगर्दा रोजगारी सृजना हुन सकेको छैन । यो ऐनअनुसार संकलित निक्षप परिचालन गरे वर्षेनि तीन लाख ३० हजार रोजगार हुने देखिन्छ । नयाँ पत्रिकामा खबर छ ।

नेपालमा अहिले कुल जनसंख्याको १९.२ प्रतिशत बेरोजगार रहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले जनाएको छ । तर, अर्थ मन्त्रालयले आर्थिक प्रक्षेपणमा देशको कुल जनसंख्याको ३.२ प्रतिशत जनसंख्या मात्रै बेरोजगार रहेको देखाएको छ ।

प्रकाशित मिति: २ भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्