१५ हजार श्रमिकको रोजगारी गुम्यो


 


काठमाडौँ, भदौ ३
सरकारले यातायात समिति खारेज गरेपछि १५ हजार श्रमिक कर्मचारीको राजगारी गुमेको छ । देशभरका झण्डै चार सय समितिमा कार्यरत श्रमिकको रोजगारी गुमेको नेपाल यातायात मजदुर संघले जनाएको छ ।

नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको निर्णयले देशभरका १५ हजार श्रमिक विस्तापित भएको बताए । यस्तै, संघले भर्खरै लागू भएको मुलुकी देवानी संघीयताको पनि विरोध गरेको छ । सङ्घका अध्यक्ष भण्डारीले दुर्घटनाबाट मृत्यु भएमा सवारी चालकलाई १० वर्ष ताकेकोप्रति आपत्ति जनाए ।

संघको शनिबार बसेको मुलुकको संरचनाअनुसार गत महाधिवेशनले सङ्घको विधान परिमार्जन गरेकाले सोअनुसारको संरचनाका लागि देशभर अभियान थाल्ने, नयाँ स्थानमा सङ्गठन विस्तार गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक सबै यातायात मजदुरमा लागू गराउने, सामाजिक सुरक्षा ऐन लागू गराउन पहल गर्ने, विषयगत विभाग गठन गर्दै जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ ।

सङ्घ आबद्ध महासङ्घ नेपाल ट्रेड युनियन काङ्ग्रेससँग छलफल गर्दै यातायात मजदुरका हकहित अधिकारका लागि सङ्घ देशभर पुग्ने अध्यक्ष भण्डारीले बताए ।

प्रकाशित मिति: ३ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्