सुनचाँदीको मूल्य फेरि बढ्यो, कति पुग्यो आज ?


 


काठमाडौं, भदौ ३
बजारमा आज फेरि सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ५५ हजार आठ सय रुपैयाँ पुगेको छ । सुन गएको शुक्रबार प्रतितोला ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय २५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला सात सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्