नेकपाका मजदुर संगठन एकता अझै तीन महिना लाग्ने


 


काठमाडौँ, भदौँ ४

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गीय सङ्गठनको एकता चाँडै गर्न अन्तिम गृहकार्य भए पनि मजदुर सङ्गठनको एकता भने लम्बिने भएको छ ।

तत्कालीन नेकपा (एमाले) को नेपाल ट्रेड युनियन महासङ्घ ९जिफन्ट० र नेकपा ९माओवादी केन्द्र० को अखिल नेपाल ट्रेड युनियन महासङ्घ ९अन्टुफ० बीच एकता हुन अझै तीन महिना लाग्ने छ । नेकपाले सबै जनवर्गीय सङ्गठनको एकता भदौ ५ गतेभित्र गरिसक्ने गरी निर्देशन दिएको थियो । जिफन्टका १८ र अन्टुफको २५ साना सङ्गठनबीच एकता गर्नुपर्नेछ । एकता कानूनी प्रक्रियामार्फत गर्नुपर्ने भएकोले लम्बिने भएको जिफन्टका अध्यक्ष तथा मजदूर एकता कार्यदलका सदस्य विनोद श्रेष्ठले जानकारी दिनुभयो ।

अन्य भ्रातृसङ्गठनको एकताका लागि नाम, नेतृत्वमा विवाद भइरहेको बेला मजदूर सङ्गठनले भने आफ्ना मातहतका २२ घटक सङ्गठनको एकता गर्न छलफल चलाइरहेको छ ।

उहाँले साना सङ्गठन एकता गर्न दर्ता खारेज गर्दै पुनः दर्ता गदै एकता गर्ने बताउनुभयो ।  सङ्गठन श्रम कार्यालय र श्रम विभागमा दर्ता भएकोले ती सङ्गठनलाई कानूनद्वारा खारेज गर्नुपर्ने र फेरी दर्ता गर्नुपर्ने भएकोले ती दुई मजदूर सङ्गठनको एकता प्रक्रिया लम्बिने देखिएको हो । रासस

प्रकाशित मिति: ४ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्