झापामा विशेष सुरक्षा नीति


 


भद्रपुर, भदौ ४

केही समययता यौनजन्य दुव्र्यवहार र अपराधका घटना वृद्धि भएकाले त्यसको नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रहरी कार्यालय झापाले विशेष सुरक्षा नीति अपनाएको छ ।

अपराधका घटनामा प्रभावकारी रूपले अनुसन्धान गरी कानूनी दायरामा ल्याउन, अपराध तथा आपराधिक प्रवृत्तिलाई निरुत्साहित गर्न र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनका लागि एक महिने विशेष सुरक्षा नीति अपनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त नीति कार्यान्वयनका लागि २८५ प्रहरी खटाइएको जानकारी दिँदै प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले भन्नुभयो, “यौनजन्य घटना र त्यसका कारक तत्वबारे विवरण सङ्कलन गरी विश्लेषण गर्ने, घटना हुने वा हुनसक्ने ठाउँ पहिचान गरी निगरानीका जनशक्ति परिचालन गर्ने हाम्रो उद्देश्य हो ।”

उहाँले यौनजन्य घटनामा सम्लग्न अभियुक्तलाई तत्काल पक्राउ गरी हदैसम्मको सजायका लागि प्रभावकारी अनुसन्धान गर्न, पीडितका आफन्त र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन र सम्भावित पीडक पहिचान गरी निगरानी गर्न सादा पोशाका ५०, मोटरसाइकल गस्ती गर्न १००, तलासीलिन ३५, पैदलगस्ती गर्न ३५ र अनुसन्धान गर्न १५ प्रहरी रहने बताउनुभयो । रासस

प्रकाशित मिति: ४ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्