शिक्षा क्षेत्रलाई आधुनिक प्रविधियुक्त बनाईन्छ : फागो


 


मोरङ, भदौ ४

उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले शिक्षा क्षेत्रलाई आधुनिक प्रविधियुक्त बनाइने बताउनुभएको छ । नगरपालिकाको स्रोत र साधानले भ्याएसम्म विद्यालयलाई प्रविधियुक्त बनाइने उहाँको भनाई छ ।

मोरङको उर्लाबारी–१ स्थित लक्ष्मी आधारभुत विद्यालयमा आज डिजिटल हाजिरी मेशिन उद्घाटन गर्दै फागोले सो कुरा बताउनुभएको हो । विज्ञान र प्रविधिको युग भएकोले सोही अनुसार अगाडि नबढे पछाडि परिने राय व्यक्त गर्दै फागोले नगर क्षेत्रका विद्यालयहरुलाई प्रविधिमैत्री बनाउँदै लगिने जानकारी दिनुभयो ।

बालबालिकाको भाग्य र भविष्य निर्माणका लागि शिक्षकहरुको महत्वपूर्ण भूूमिका रहने उल्लेख गर्दै फागोले बालबालिकालाई शारिरीक र मानसिक यातना दिनुभन्दा प्रोत्साहन र हौसला दिएर सिकाई विधि अबलम्बन गर्न सुझाव दिनुभयो । सो विद्यालयका पूर्व विद्यार्थी कमल श्रेष्ठ, सञ्जिव कार्की, हरि श्रेष्ठ, वडा सदस्य टिका भुजेल र तारा श्रेष्ठको संयुक्त सहयोग डिजिटल हाजिरी मेशिन खरिद गरिएको हो । उक्त मेशिनको मुल्य करिब तीस हजार रुपैयाँ पर्ने विद्यालयका शिक्षक रमेश श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ४ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्