आर्थिक अभावकै कारण २४ वर्षीया सफ्टवेर इन्जिनियरले गरिन आत्महत्या


 



काठमाडौं, मंसिर ५
छिमेकी राष्ट्र भारतको तेलंगनाको हैदराबादमा एक २४ वर्षीया सफ्टवेर इन्जिनियरले आत्महत्या गरेकी छन् । आर्थिक मन्दीका कारण पी हरणी नाम गरेकी सफ्टवेर इन्जिनियरले आफ्नै होस्टेलमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

उनी मधापुरस्थित एक प्राइभेट कम्पनीमा जुनियर सफ्टवेर इन्जनियरको रुपमा काम गर्दै आएकी थिइन् ।
तेलंगााको महबुबनगरकी उनले आर्थिक मन्दीकै कारण आत्महत्या गरको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ५ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्