Home » खेलकुद (page 10)

खेलकुद

मीरालाई २८ लाखसहित सम्मान गरिँदै

दमक, पुस १९ अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा आउँदो पुस २१ गते सम्मान गरिने भएको छ । अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो उचाइ कायम गर्न सफल भएकाे भन्दै बेलायतमा कार्यरत आधा दर्जन सङ्घसंस्थाले उनलार्इ २८ लाखसहितको सम्मान गर्न लागेका हुन् । स्थानीय दमक रेडक्रस भवनमा एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवबहादुर विष्टबाट उक्त सम्मान ...

Read More »

नेपाली क्रिकेटको भविष्य मलाई थाहा छैनः पारस खड्का

काठमाडौं, पुस १८ नेपाल एपीएफले लगातार दोस्रो पटक बृहत खेलकुदमा क्रिकेटतर्फ स्वर्ण पदक जित्यो। पहिलो पटक सहभागि नेपाल आर्मीलाई फाइनलमा पन्छाउदै उपाधि जितेपछि नेपाल एपीएफ र नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई सातौं राष्ट्रिय खेलकुदको अनुभव के रहयो भनेर सोध्दा उनी त्यसमा निकै सकरात्मक थिए। उनी मोरङको बैजनाथपुरमा रहेको क्रिकेट मैदानबाट प्रभावित थिए। भलै ३० यार्ड बाहिर बलौटे माटोमा क्रिकेटका ...

Read More »

‘मिरा राई’ वृत्तचित्र प्रदर्शन हुने

असिम दुङमाली पौवादुङमा (भोजपुर) पुस १४ विश्वचर्चित नेपाली अल्ट्रा म्याराथन धाविका मिरा राईको जीवनीमा आधारित वृत्तचित्र “मिरा राई” को प्रदर्शन उनकै गृहजिल्ला भोजपुरमा हुने भएको छ । वृत्तचित्र प्रदर्शनको निम्ति उनको गृहजिल्ला भोजपुर एवम् जन्मस्थान सानोदुङमामा हाल तयारी भइरहेको छ । वृत्तचित्र प्रदर्शनकै निम्ति धाविका मिरा राई र निर्माता टोली शनिबार भोजपुर आइपुग्दैछन् । धाविका मिरा राईका अनुसार सानोदुङमाबासीहरुको अनुरोध ...

Read More »

ब्याडमिन्टनमा तामाङ दिदीभाई च्याम्पियन

झापा, पुस १४ पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न ब्याडमिन्टन पुरुष तथा महिला एकलतर्फको उपाधि क्रमशः नेपाली सेनाका रत्नजित तामाङ र नङशल तामाङले जितेका छन् । दुवैजना दिदीभाई हुन् । रत्नजितले नेपाली सेनाकै दिपेश धामीलाई २१–१९ र २१–११ को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन्। उक्त स्पर्धामा सुदूरपश्चिमका सञ्जिव खड्का र नेपाल प्रहरीका विष्णु कटुवालले कास्य पदकममा चित्त बुझाए ...

Read More »

लण्डनमा फुटबल खेल्लाखेल्दै नेपाली युवककाे ज्यान गयाे

लण्डन, पुस १३ फुटवल खेल्दाखेल्दै बेलायतमा एक नेपाली युवकले ज्यान गुमाएका छन्। बर्मिघममा साथीहरुसँग फुटबल खेलिरहेका २० वर्षीया निशान भण्डारीको मृत्यु भएको हो। स्थानीय समाजसेवी नवीन सापकोटाका अनुसार फुटवल खेल्दै गरेको बेला अचानक ढलेपछि उनलाई अस्पतालतर्फ लगिएको थियो। निशानको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए। के कारणले मृत्यु भयो भन्ने खुल्न सकेको छैन। बाग्लुङको गलकोट घर भएका भण्डारी ...

Read More »

चेल्सीको शीर्ष स्थानमा कायमै

काठमाडौं, पुस १३ इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले स्टोक सिटीलाई पराजित गरेको छ । आफ्नै मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुल ४-१ ले विजयी भएको हो ।खेलमा लिभरपुललाई विजयी गराउन एडम लालाना, रोबर्टो फर्मीनो र ड्यानिएल स्टरीजले एक–एक गोल गरे । स्टोकका ईम्बुलाले एक आत्माघाति गोल गरेपछि लिभरपुल ४-१ ले विजयी भएको हो । जितसँगै लिभरपुल इङलिस प्रिमियर लिग फुटबलको अंक तालिकाको ...

Read More »

चौका विवादले पदक समेत अस्विकार

काठमाडौँ, पुस१३ अम्पायरले चौका नदिएपछि एपिएफको महिला क्रिकेट टोलीले फाइनल खेल बहिष्कार गरेको छ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक भिडन्तमा मंगलबार राष्ट्रिय खेलाडीले भरिपूर्ण एपिएफले पूर्वाञ्चलको सामना गरेको थियो । एपिएफले खेल बहिष्कार गरेपछि प्राविधिक टोलीले पूर्वाञ्चललाई च्याम्पियन घोषणा गरेको छ । एपिएफका खेलाडीले रजत पदकसमेत बहिष्कार गरे । इनिङको १८औँ ओभरमा पूर्वाञ्चलकी कप्तान कविता ...

Read More »

किन रेफ्री राई माथि कुटपिट भयो ?

काठमाडौं,पुस १२ सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिवलका रेफ्री बिनय राई माथि कुटपिट भएको छ । गलत निर्णय गरेको भन्दै पश्चिमाअञ्चलका खेलाडीले भलिबल कोर्टमै रेफ्री माथि कुटपिट गरेका हुन् । मंगलबार भएको सेमिफाइनलमा आर्मीले पश्चिमाअञ्चललाई हरायो । पहिलो सेट जितेको पश्चिमाअञ्चलले त्यसपछि लगातार तीन वटा सेट गुमायो । अहिले घटनाका बिषयमा रेफ्रिहरुको बैठक बसिरहेको छ ।

Read More »

बर्नमाउथलाई पराजित गर्दै चेल्सीको लगातार १२ औं जित

काठमाडौं,पुस १२ इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गतको गएराति भएको खेलमा चेल्सी विजयी भएको छ । चेल्सीले बर्नमाउथलाई ३ –० गोल अन्तरले पराजित गर्दै लगातार १२ औं जितको कीर्तिमान बनाएको छ । खेलमा चेल्सीलाई विजयी गराउन पेड्रोले दुई गोल गरे भने एडिन हाजार्डले एक गोल थपे । जितसँगै चेल्सीले अंक तालिकाको अग्रतालाई झनै फराकिलो पारेको छ । प्रिमियर लिगअन्तर्गत राति भएको ...

Read More »

सातौँ राष्ट्रिय खेलकुद प्रतियाेगिता : कस्ले कति पदक प्राप्त गरे ?

इटहरी, पुस ११ पूर्वी नेपालको सुनसरी, मोरङ, झापा, सिरहा, सप्तरी, धनकुटा इलामलगायत जिल्लामा भइरहेको साताँै राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दुई हजार एक सय ४२ पदकका लागि भइरहेको खेलमा आज अपराह्न ४ बजेसम्म दुई सय ७३ पदकको खेल सम्पन्न भइसकेका छन् । आजसम्मको पदक तालिकानुसार नेपाली सेनाको अग्रता कायमै छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपिएफ क्रमशः दोस्रो र तेस्रो स्थानमा ...

Read More »