Home » खेलकुद (page 30)

खेलकुद

बुढासुब्बा गोल्डकप फागुन पहिलो सातादेखि

धरान, माघ २१ १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिता फागुन पहिलो सातादेखि हुने भएको छ। आयोजक धरान फुटबल क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै फागुन ५ गतेदेखि १४ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो। धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा हुने प्रतियोगितामा १० टिम सहभागी हुने क्लबले जनाएको छ। तर, साविक विजेता मनाङ मस्र्याङ्दी क्लब भने यो सँस्करणमा ...

Read More »

हिमालयन शेर्पालाई ४-० ले हराउँदै झापा फाइनलमा

काठमाडौं, माघ २१ झापा ११ दोश्रो झापा गोल्डकपको फाइनलमा पुगेको छ । आयोजक झापाले शुक्रबार हिमालयन शेर्पा क्लबलाई ४–० गोल अन्तरले हराएर फाइनलमा पुगेको हो । विर्तामोडको डोमालाल रंगशालामा भएको खेलमा झापाका लागि कर्ण लिम्बुले दुई साथै बुद्ध चेमजोङ र खमिर गिल्सन कन्दङवाले एक एक गोल गरे ।

Read More »

दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालद्धारा दक्षिण अफ्रिका ६ विकेटले पराजित

काठमाडौं, माघ २० दृष्टिविहीन विश्वकप ट्वेन्टी–२० क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपाल विजयी भएको छ । भारतको नयाँदिल्लीमा जारी प्रतियोगिताअन्तर्गत् विहीबार भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो । खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित् २० ओभरमा ५ विकेट गुमाउँदै १४६ रन बनायो । नेपालका लागि सुनील रानामगरले २ विकेट लिँदा कृतन ...

Read More »

सुदूरपश्चिम–११ माथि झापा–११ को जित

बनियानी (झापा), माघ १९ बिर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी रमपम झापा गोल्डकपमा सुदूरपश्चिम–११ लाई फराकिलो गोलअन्तरले पराजित गर्दै आयोजक झापा–११ सेमिफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमलाई ४–० गोल अन्तरले पराजित गर्दै झापाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । झापा–११ का विदेशी मार्टिनले तीन र बुद्ध चेम्जोङले एक गोल गरेका थिए । खेलको ‘म्यान अफ द म्याच’ झापा–११ का मार्टिन ...

Read More »

आहारारा गोल्डकपको उपाधिका लागि आज मनाङ मस्र्याङ्दी र सहारा भिड्दै

पोखरा, माघ १४ पाेखरामा जारी आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार लक्ष्मी हुन्डाई मनाङमस्र्याङ्दी र आयोजक सहारा क्लब भिड्ने भएका छन् । यही माघ ४ गतेदेखि पोखरा रङ्गशालामा जारी प्रतियोगितामा अमेरिकाको एएनए युएसए फुटबल टिम, बङ्लादेशको फरासगन्ज एससी र भारतको युनाइटेड सिक्किम फुटबल क्लबसहित १२ टिमको सहभागिता थियो । विजेता टिमले रु पाँच लाख एक हजार एक र उपविजेता ...

Read More »

नेपाली चेली मिरा बनिन् एड्भेन्चर अफ द इयर

काठमाडाैं, माघ १४ विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीको एड्भन्चर अफ दी इयर २०१७ मा अल्ट्रा म्याराथन धाविका मिरा राई विजयी भएकी छन्। विश्वका १० असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरुको सूचिमा उनी अनलाईन भोटिमार्फत पहिलो भएकी नेशनल जोग्राफीले जनाएको छ। विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गर्दै आएकी नेपाली धाविका मीरा राई नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द ...

Read More »

धाइजन क्रिकेट क्लबले कंगारु एनसिएसएस कपको उपाधी कब्जा

झापा, माघ १३ नेपाली क्रिकेट समर्थक समाज जिल्ला समन्वय समिती झापाद्वारा आयोजित  कंगारु एनसिएसएस कपको उपाधि धाइजन क्रिकेट क्लबले कब्जा गरेकाे छ । आज भएकाे फाइनल खेलमा दमक क्रिकेट क्लबलार्इ हराउँदै धाइजनले उपाधि चुमेकाे हाे ।  टस जितेर ब्याटिङ रोजेको दमक क्रिकेट क्लब ५७ रनमा अल आउट हुँदै धाइजनलाई ५८ रनको सामान्य लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रेको धाइजनले उक्त लक्ष्य ...

Read More »

आयोजक सहारा फाइनलमा

पोखरा, माघ १२ पोखरा रङ्गशालामा सञ्चालित पन्ध्रौ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै आयोजक सहारा क्लव पोखरा फाइनलमा प्रवेश गरेको छ । सहाराले ४–३ गोलको अन्तरले विभागीय टिम त्रिभुवन आर्मी क्लवलाई पराजित गरेको हो । निर्धारित एवम् अतिरिक्त समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेला ट्राइबेकर धकेलिएको थियो । सहारा क्लव पोखराका तर्पmबाट ...

Read More »

दशरथचन्द स्मृति क्रिकेटः त्रिलोचन र एकेडेमी विजयी

बैतडी, माघ ११ बैतडीमा जारी सहिद दशरथचन्द स्मृति यु –१९ आमन्त्रण क्रिकेट प्रतियोगितामा त्रिलोचन क्रिकेट क्लब र आयोजक दशरथचन्द एकेडेमी क्रिकेट क्लब विजयी भएका छन् । सोमबार निङ्गलाशैनी खेल मैदान देहीमाडौँमा सम्पन्न खेलमा एनआरवाइसी बठ्ठालाई चार विकेटले पाखा लगाउँदै त्रिलोचनले पहिलो जित दर्ता गरेको छ । टस जितेर ब्याटिङ रोजेको बठ्ठाले सुनिल चन्दको ३५ रनको मद्दतले २४ दशमलव ४ ओभरमा ...

Read More »

एसिया कप छनोट : नेपालले कुन–कुन देशको सामना कहिले गर्देछ ?

काठमाडाैं, माघ १० एएफसी सोलिडारिटी कप विजेता नेपाल एसियन कप २०१९ अन्तिम चरणको छनोटमा फिलिपन्स, ताजिकिस्तान र यमनसँगै समूह ‘एफ’मा परेको छ । अवुधावीमा सोमबार गरिएको ‘ड्र’मा नेपाल ‘पट ४’ मा रहेको थियो । नेपालले ‘होम एन्ड अवे’को आधारमा हुने अन्तिम चरणको छनोटमा बलियो टिमको सामना गर्नुपर्ने भएको छ । नेपाल फिफा वरीयताको १ सय ७५ औं स्थानमा छ । ...

Read More »