जिल्ला

भोजपुर कांग्रेस सचिव आलेलाई लाग्याे यस्ताे अाराेप, कारबाहीकाे माग

this is entry भोजपुर, पुस १८ नेपाली कांग्रेस भोजपुरका सचिव कैलाशकुमार आले विरुद्ध कांग्रेस पार्टीमै उजुरी परेको छ । भोजपुर बहुमुखी क्याम्पसमा शिक्षण सहायक नियुक्तीमा प्रजातन्त्रवादी प्राध्यापक संघभित्र जातीयताको नारा उचालेको भन्दै संघले जिल्ला पार्टीमा उजुरी दिएको हो । काँग्रेसको शुभेच्छुक संस्था रहेकाे प्रजातन्त्रवादी प्राध्यापक संघले आलेले शिक्षक चयनमा विना आधार जातीयकरण गरेको आरोप लगाएका थिए । क्याम्पस प्रशासनले प्रतिस्पर्धाको आधारमा शिक्षक नियुक्त गरेको थियो । ...

भाेजपुरमा घरकाे प्लाष्टर गर्दा लडेर एक जनाकाे मृत्यु

this is entry काठमाडाैं, पुस १६ निर्माणाधिन घरबाट लडेर भाेजपुरमा एक जनाकाे ज्यान गएकाे छ । घाेरेटार बजारमा स्थानीय चन्द्र कुमार रार्इ र धनकुमारी रार्इकाे निर्माणाधिन घरमा प्लाष्टर गर्ने क्रममा छतबाट लडेर रानीवास गाविस ८ का ५४ बर्षिय देवबहादुर बस्नेतकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । विहान ९: ३० बजेतिर  घरकाे चार तलाबाट खस्दा बस्नेतकाे घटनास्थलमै ज्यान गएकाे हाे । बस्नेतकाे शव पाेष्टमार्टमका लागि ...

षडानन्द प्रतिष्ठानको अध्यक्षमा कुुसम

this is entry काठमाडाैं, पुस १६ विसं १९३२ मा भोजपुर दिङ्लामा बालागुरु षडानन्दले स्थापना गर्नुभएको संस्कृत पाठशाला, मठमन्दिर, गुठीलाई सहयोग गर्न गठित आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको नयाँ नेतृत्व चयन भएको छ । प्रतिष्ठानको आज राजधानीमा सम्पन्न अधिवेशनले अध्यक्षमा विष्णुराज कुसम, उपाध्यक्षमा प्रा चेतोनाथ गौतम, सचिवमा प्रा लालानाथ सुवेदी, सहसचिवमा निर्मला पोखरेल, कोषाध्यक्षमा आत्मेश्वमर चापागाईं तथा सदस्यहरुमा प्रा डा हेमाङ्गराज अधिकारी, रामप्रसाद राई, रवीन्द्र ...

भाेजपुर–काठमाडाैं सम्पर्क मञ्चले रक्तदान कार्यक्रम अायाेजना गर्दे

this is entry काठमाडौं, पुस १६ नेकपा (एमाले) भोजपुर-काठमाडौं सम्पर्क मञ्चले वृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रत्येक बर्षझै याे पनि मञ्चले “रक्तदान जीवनदान” भन्ने नारा सहित यही पुस २३ गते कार्यक्रमको आयोजना गर्न लागेको हो । काठमाडौंको प्रदर्शनी मार्गस्थित बाल्मिकी क्याम्पसमा हुने कार्यक्रममा सम्पूर्ण भोजपुरे लगायत सर्बसाधारणमा सहभागी हुन मञ्चले अनुराेध गरेको छ। मञ्चले निरन्तर आयोजना गर्ने कार्यक्रम मध्ये यो रक्तदान प्रमुख कार्यक्रम रहेकाे मञ्चका अध्यक्ष रेजिन ...

करेन्ट लगाएर माछा मार्दा दुईको मृत्यु

this is entry इलाम, पुस १६ करेन्ट लगाएर माछा मार्न गएका युवकको आफैँ करेन्ट लागेर मृत्यु भएको छ । महमाइमा खोलामा माछा मार्ने क्रममा शुक्रबार करेन्ट लागेर महमाई–१ का २१ वर्षीय दिनेशकुमार लावतीको निधन भएकोे जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शव परीक्षणका लागि झापाको मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ । भीमदत्तनगर–नुहाउनका लागि पानी तान्ने मोटरको तार जोड्ने क्रममा ...

जिल्लामै पहिलो प्रहरी बिट उद्घाटन

this is entry उदयपुर, पुस १६ उदयपुर जिल्लाकै पहिलो प्रहरी बीट शुक्रबार गाईघाटमा उद्घाटन भएको छ । स्थानीय जनताको प्रत्यक्ष सहयोगमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट स्थापना भएको प्रहरीबीटको प्रहरी नायव उपरिक्षक ओमबहादुर रानाले उद्घाटन गर्नुभयो । जिल्लाको बढ्दो शहरीकरण र त्यसबाट आउनसक्ने सुरक्षा चुनौतीलाई मध्येनजर गर्दै सदरमुकाम गाईघाटदेखि प्रहरी बीटको स्थापना र विस्तार थालिएको डिएसपी रानाले बताउनुभयो । युगा नगरपालिका वडा नं. २ ...

बेल्टार–बसाहा नगरपालिका कार्यालय प्रमूख विहिन, जनताको काम प्रभावित

this is entry भाेटराज रार्इ उदयपुर, पुस १४ उदयपुरको बेल्टारबसाहा नगरपालिका, कार्यालय प्रमूख विहिन बनेको छ । नगरपालिकामा भर्खरै सरुवा भइ आएका नगरअधिकृत हरिप्रसाद चापागाईले विभिन्न विदा, परीक्षा जस्ता बहाना बनाउदै हिड्ने र उनले निमित्त तोकेको कर्मचारी समेत नबसेपछि नगरपालिका कार्यालय प्रमूखविहिन भएको हो । कार्यालय प्रमुख विहिन हुँदा जनताको काममा प्रभावित भएको छ । कामका लागि नगरपालिका आएका जनता कार्यालय नहुँदा काम ...

‘मिरा राई’ वृत्तचित्र प्रदर्शन हुने

this is entry असिम दुङमाली पौवादुङमा (भोजपुर) पुस १४ विश्वचर्चित नेपाली अल्ट्रा म्याराथन धाविका मिरा राईको जीवनीमा आधारित वृत्तचित्र “मिरा राई” को प्रदर्शन उनकै गृहजिल्ला भोजपुरमा हुने भएको छ । वृत्तचित्र प्रदर्शनको निम्ति उनको गृहजिल्ला भोजपुर एवम् जन्मस्थान सानोदुङमामा हाल तयारी भइरहेको छ । वृत्तचित्र प्रदर्शनकै निम्ति धाविका मिरा राई र निर्माता टोली शनिबार भोजपुर आइपुग्दैछन् । धाविका मिरा राईका अनुसार सानोदुङमाबासीहरुको अनुरोध ...

बेलीब्रिज जडानपछि गाईघाट–दिक्तेल यातायात सञ्चालन

this is entry उदयपुर, पुस १४ गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको आँपटारको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चे गाविस बीचमा पर्ने सुनकोसी नदीमा बेलीब्रिज जडान कार्य सम्पन्न भएपछि उदयपुरको गाईघाटदेखि खोटाङको दिक्तेलसम्म सिधा यातायात सञ्चालन सुरु भएको छ । बर्खायाम लागेर सुनकोसी नदीमा पानीको बहाव बढेसँगै गत जेठ महिनामा फुकालिएको बेलीब्रिज मङ्सिर १३ गतेबाट पुनः जडान सुरु गरी सोमबार जडान कार्य पूर्ण रुपमा सम्पन्न ...

ब्याडमिन्टनमा तामाङ दिदीभाई च्याम्पियन

this is entry झापा, पुस १४ पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न ब्याडमिन्टन पुरुष तथा महिला एकलतर्फको उपाधि क्रमशः नेपाली सेनाका रत्नजित तामाङ र नङशल तामाङले जितेका छन् । दुवैजना दिदीभाई हुन् । रत्नजितले नेपाली सेनाकै दिपेश धामीलाई २१–१९ र २१–११ को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन्। उक्त स्पर्धामा सुदूरपश्चिमका सञ्जिव खड्का र नेपाल प्रहरीका विष्णु कटुवालले कास्य पदकममा चित्त बुझाए ...