जिल्ला

भाेजपुरमा छाेराले बाबुकाे हत्या गरे

this is entry भाेजपुर, बैशाख १६ भाेजपुरकाे बोया गाविसमा अाफ्नै छाेराले बाबुकाे हत्या गरेका छन् । बाेया ५ का ४० बर्षिय प्रल्हाद खत्रीले ८० बर्षिय बाबु गणेशबहादुर खत्रीको हत्या गरेकाे प्रहरीले जनाएकाे छ । मंगलबार बेलुकी छिमेकीको विहेमा गएका खत्रीले मादक पदार्थ सेवन गरेर बाबु गणेशबहादुरलाई कुटपिट गरेका थिए । छोराको कुटपिटबाट गम्भिर घाईते बनेका गणेशबहादुरको बुधबार  उपचारको क्रममा मृत्यु भएको हाे । उनको स्थानीय स्वास्थ्य ...

घाेरेटारमा ल्याण्डलाइन टेलिफाेन सेवा सुरू

this is entry यहाँकाे दक्षिणी रानीबास गाविसकाे घाेरेटारमा ल्याण्डलाइन (MSAN) टेलिफाेन सेवा सुरू भएकाे छ । टेलिफाेन सेवाकाे सूचना तथा सञ्चार मन्त्री शेरधन राईले बुधबार उद्घाटन गरेका छन् । टेलिफाेन सेवाकाे रिबन काटेर उद्घाटन गरेसँगै यहाँ जडित फाेनबाट राष्ट्रपति विद्यादेवी भण्डारीलाई पहिलाे कल मन्त्री राईले गरेका छन् ।

भाेजपुरमा संघीय फाेरमका उपाध्यक्ष पक्राउ

this is entry भाेजपुर, बैशाख ९ संघीय समाजवादी फाेरम नेपाल भाेजपुरका जिल्ला उपाध्यक्ष जीवन कार्की प्रकाउ परेका छन् । एमाले भातृ संगठन अखिलका केन्द्रिय सदस्य नारायण घिमिरेलाई कुटपिट गरेकाे अाराेपका कार्की प्रकाउ परेका हुन् । कार्कीले घिमिरेलाई सडक निर्माणमा प्रयाेग भएकाे डाेजरकाे रकम नदिएकाे भन्दै कुटपिट गरेकाे प्रहरीले जनाएकाे छ । सार्वजनिकस्थलमा अाफूलाई कार्कीले कुटपिट गरकाेले प्रहरीमा उजूरी दिएकाे घिमिरेले बताएका छन् । प्रकाउ ...

भाेजपुरे युवाले गरे अनाैठाे विवाह

this is entry हाे, नेपाली समाजमा तपाइ हामीले यौगिक विवाह कमै सुनेका छाैं ? नेपाली समाजमा विशेषत मागी विवाह र प्रेम विवाहकाे बढी प्रयाेग र चर्चामा रहेका बेला बुधबार भने भाेजपुर च्यांग्रेका एक युवाले काठमाडाैंमा याैगिक विवाह गरेका छ्न् । कोटेश्वर महादेव मन्दिरमा वर नारायणप्रसाद भट्टराई तथा बधू कविता ढुङ्गानाले यौगिक विवाह सम्पन्न गरेका हुन् ।

पाकिस्तानकाे राजदूतमा भाेजपुरे चेली सिफारिस

this is entry काठमाडाैं, बैशाख ८ मंगलबार बसेकाे मन्त्रिपरिषद बैठकले  २१ देशका लागि राजदूत सिफारिस गरेको छ। लामो समय देखि २१ देशमा राजदूत रिक्त थिए। सरकारले परराष्ट्र सेवाबाट ८ जनालाई राजदूतमा सिफारिस गरेको छ। जसअनुसार पाकिस्तानकाे राजदूतका लागि भाेजपुरे चेली सेवा अधिकारी लम्सललाई पनि सिफारिस गरेकाे छ । राजदूतमा सिफारिस अधिकारी परराष्ट्र सेवामा संलग्न थिइन। उनि पराराष्ट्र मन्त्रालयमा सह सचिव थिइन । भाेजपुर दिङ्लाकी ...

जिल्ला प्रशासन कार्यालय गेष्टहाउसबाट बिदा

this is entry भोजपुर, बैशाख ४ यहाँको प्रमुख प्रशासनिक अड्डा जिल्ला प्रशासन कार्यालय पाहुनघर (गेष्ट हाउस) बाट बिदा लिएको छ । आफ्नै भवन बनेपछि कार्यालयले गेष्ट हाउस छाडेको हो । १२ बर्ष सरकारी गेष्ट हाउसबाट दैनिक कामकाज सञ्चालन गर्दे आएको प्रशासन कार्यालयले नयाँ बर्षसँगै आफ्नै भवनबाट कामकाज थालेको छ । १२ बर्षसम्म बसेको जिल्ला प्रशासन कार्यालय जिविसको पाहुनाघर हो । २०६० फागुन १९ ...

वाइसिएल अध्यक्षमा सुरेन्द्र

this is entry भाेजपुर, चैत्र २४ वाइसिएल भाेजपुरकाे चाैथाे जिल्ला अधिवेशनले सुरेन्द्र राईकाे अध्यक्षतामा ३० सदस्यिय नयाँ कार्यसमिति चयन गरेकाे छ । सर्व सम्मत चयन भएकाे नयाँ नेतृत्वमाे उपाध्यक्षमा युवराज राई, प्रभा राई, यंगराज राई रहेका छन् । सचिवमा संदिप राइ, सह सचिव अभियान राई र काेषाध्यक्षमा प्रकाश भट्टराई चयन भएका छन् । जिल्ला अधिवेशनकाे उद्घाटन वाइसिएलका केन्द्रिय उपाध्यक्ष नन्दराम कडरियाले गरेका थिए । अधिवेशनका ...

समतामुलक समाज निर्माणका अगुवा सम्मानित

this is entry भाेजपुर,चैत्र २४ दलित सेवा समाज अन्नपुर्णले पुष्पलाल चौलागाँई र राजकुमार राईलाई सम्मान गरेको छ । अन्नपुर्ण ८ का चौलागाँई र ४ का राईलाई जातिय छुवाछुतको अन्त्य गरी समतामुलक समाज निर्माणमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो । उनिहरुलाई कार्यक्रमका प्रमुुख अतिथि एवं मुक्ति समाज नेपाल भोजपुरका अध्यक्ष रविन शिवाले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका छन् । सोहि कार्यक्रममा अन्नपुर्णवाट दलित विद्यार्थी मध्ये ...

गोगने गाविस पूर्ण खोपयुक्त

this is entry भोजपुर, चैत्र २२ यहाँको गोगने गाविसलाई पुर्ण खोप युक्त गाविस घोषणा गरिएको छ । गाविस सचिव लेखराज तिम्सिनाको अध्यक्षता र स्थानीय विकास अधिकारी भानुभत्त न्यौपानेको प्रमुख आतिथ्यमा गाविसलाई पुर्ण खोप युत्त गाविस घोषणा गरिएको हो । वडा नागरिक मञ्च, स्थानिय राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थितमा सम्पन्न कार्यक्रममा नौ वटै वडाका स्वास्थ्य स्वयमसेवीकाहरुलाई सम्मान समेत गरीएको थियो । यो सँगै पूर्ण ...

अादिवासी जनजाति महासंघमा चक्रप्रसाद राई

this is entry भाेजपुर, चैत्र २१ नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद भोजपुरको तेस्रो जिल्ला अधिवेशनले पुन: चक्रप्रसाद राईकाे अध्यक्षतामा नँया कार्य समिति सर्वसम्मत चयन गरेकाे छ ।  परिषदकाे उपाध्यक्षमा जगतवहादुर तामाङ, सचिव गणेश प्रधान, सहसचिव हर्कराज शेर्पा र कोषाध्यक्षमा कर्ण पुलामी चयन भएका छन् ।