देश

जनसंख्याभन्दा ४० लाख बढी टेलिफोन, ३ करोड सिमकार्ड

this is entry काठमाडौं, माघ ५ नेपालको जनसंख्या भन्दा करिव ४० लाख बढी टेलिफोन वितरण भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको जनसंख्याको तुलनामा एक सय २३ प्रतिशत बढी फोन वितरण भएको छ । यो संख्या ल्यान्ड लाइन र मोवाइल दुबै गरी हो । केन्द्रिय तथ्यांक विभाग अनुसार हाल नेपालको जनसंख्या दुइ करोड ८६ लाख पुगेको छ । टेलिफोन ...

फिर्ता गरे लाेकमानले राताे पासपाेर्ट

this is entry काठमाडाैं, माघ ५ सर्वोच्च अदालतद्धारा अयोग्य सावित भएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीले राज्यले उपलब्ध गराएको रातो पासपोर्ट फिर्ता गरेका छन्। कार्कीले गत बिहीबार राहदानी विभागलाई विशेष सुविधाको पासपोर्ट फिर्ता गरेका हुन्। राहदानी विभागले सन् २०१३ अक्टोबर ६ मा उनलाई ५ वर्षे अवधिको रातो पासपोर्ट उपलब्ध गराएको थियो। विभागका महानिर्देशक सुशीलकुमार लम्सालका अनुसार कार्कीले गत बिहीबार ...

अाजकाे राशिफल

this is entry अाज मिति वि.सं. २०७३ साल माघ ५ गते बुधबार। इश्वी सन् २०१७ जनवरी १८ तारिख। नेपाल संवत् ११३७ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– षष्ठी, १५:०५ बजेउप्रान्त सप्तमी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस् मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ काममा सफलता मिल्नेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ । रोकिएका अधुरा कामहरु सफल हुनेछन । आफन्तको सहयोग मिल्नेछ । ...

धुर्मुस सुन्तली फाउन्डेसनलाई १५ लाख सहयोग

this is entry काठमाडौँ, माघ ४ कृषि विकास बैंकले स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा धुर्मुस सुन्तली फाउन्डेसनलाई रू १५ लाख सहयोग गरेको छ । भूकम्पपछि देशका विभिन्न स्थानमा एकीकृत वस्ती निर्माणमा फाउन्डेसनले सहयोग गरी पीडितलाई सेवा गरेकाले थप वस्ती विकासका लागि आज रकम हस्तान्तरण गरिएको हो । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई रकम हस्तान्तरण गर्दै ...

स्थानीय तहको निर्वाचन छिट्टै हुन्छ : प्रम प्रचण्ड

this is entry काठमाडौं, माघ ४ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनको मिति छिट्टै घोषणा हुने बताएका छन्। तीन दिने यूएई भ्रमण पूरा गरेर मंगलबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले निर्वाचनका लागि आवश्यक राजनीतिक सहमति जुटाएर स्थानीय तहको निर्वाचनको मिति छिट्टै घोषणा गरिने बाएका हुन् । उनले निर्वाचनको लागि आवश्यक राजनीतिक सहमतिका लागि आफू लागिपरेको भन्दै निर्वाचन सम्बन्धी विधेयक संसदबाट छिटै पारित हुनेमा आफु ...

कहाँबाट अायाे विजय गच्छदारकाे ८ प्रदेश काे माग ?

this is entry इनरुवा, माघ ४ परिर्माजनसहित संविधान संशोधन नभएसम्म निर्वाचन सम्भव नरहेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बताउनु भएको छ । मधेसी जनाधिकार फोरम क्षेत्रीय समिति क्षेत्र नम्बर ४ सुनसरीले आज सुनसरीको मध्यहर्षाही गाविसमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहँुदै अध्यक्ष गच्छदारले जनताको माग र अधिकार सुनिश्चित नभएसम्म निर्वाचन नहुने र त्यसका लागि संविधान परिमार्जनसहित संशोधन गर्नुपर्ने आवश्यकता रहेको ...

संशोधन विधेयकलाई जुनसुकै हालतमा असफल बनाइ छाड्छौँ – गौतम

this is entry काठमाण्डौ, माघ ४ नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधान संशोधन विधेयकलाई जुनसुकै हालतमा असफल बनाइछाड्ने बताएका छन् । सकेसम्म विधेयकलाई अघि बढ्नै नदिने र बढिहालेमा पनि त्यसलाई असफल बनाउने उनको जिकिर छ। अनेरास्ववियुले सुरु गरेको ‘सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि’ नामक तीनमहिने अभियानको मंगलबार दरबार हाइस्कूलमा उद्घाटन गर्दै उपाध्यक्ष गौतमले आफूहरुलाई सरकारमा आउनुस् भनेर फकाउन थालिएको खुलासासमेत गरे। ‘सत्तारुढ दलहरुले हामीलाई ...

दुर्घटनामा सातजना घाइते

this is entry दोलखा, माघ ४ लाकुरीडाँडा गाविस–८ आहालेडाँडामा मंगलबार जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । काठमाडौंदेखि सदरमुकाम चरिकोटतर्फ जाँदै गरेको ना १ ज ४९७८ नम्बरको जिप दुर्घटना हुँदा गैरीमुदी गाविस–७ विमला पाख्रिन र मोहनबहादुर तामाङ, मिर्गे–१ का साइना तामाङ, भेड्पु गाविसका सुजन लामा र उषा तामाङ तथा शैलुंगेश्वर–६ विकास लामा र पवित्रा तामाङ घाइते भएका छन् । विपरीत दिशाबाट आउँदै ...

खिम्ती– ढल्केबर प्रसारण लाइन निर्माण सम्पन्न

this is entry काठमाण्डौ, माघ ४ विगत ११ वर्षदेखि विभिन्न बहानामा रोकिँदै आएको खिम्ती– ढल्केबर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भई परीक्षण प्रसारण समेत सुरु गरिएको छ । विश्व बैंकको सहयोगमा निर्माण सुरु भएको सो आयोजना सन् २००९ मा सम्पन्न हुनुपर्ने थियो । जग्गा प्राप्ति, मुआब्जा वितरण तथा विभिन्न स्थानीय समस्याका कारण निर्माणमा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । ...

लोकमानलाई महाभियोग लगाउने कि नलगाउने विषयमा  विज्ञद्धारा सुझाव दिन अस्वीकार

this is entry काठमाण्डौ, माघ ४ सर्वोच्च अदालतको फैसलापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखबाट पदमुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने कि नलगाउने भन्ने विषयमा परामर्श गर्न संसदीय समितिमा आमन्त्रण गरिएका विज्ञले सुझाव दिन अस्वीकार गरेका छन् । संसदको महाभियोग सिफारिस समितिमा मंगलबार आमन्त्रण गरिएका कानुन सुधार आयोगका सचिव माधव पाैडेल र हालै उच्च अदालतका न्यायाधीश बनेका कानुन सचिव टेकप्रसाद ढुंगानाले सुझाव दिन अस्वीकार गरेका ...