Home » फोटो कथा

फोटो कथा

फाेटाेमा हेराैैं राजधानीकाे हाेली उल्लास

काठमाडाैं, फागुन २९ अाज राजधानी लगायत पहाडी जिल्लाहरूमा  हजारौँ नेपाली प्रेम र सद्भावको शुभकामना साटासाट गर्दे हर्षोल्लासपूर्वक फागु पर्व मनाउँदैछन् । विदेशी पर्यटकले समेत नेपालमा हर्षाेल्लासले हाेली मनाएका छन् । विभिन्न भाग भङ्गीमा अबिरले पोतिएका नारी पुरुष, बालक, वृद्धा कोही छुटेका छैनन् आफ्ना सुरिला गीत गुनगुनाउन । परम्परागत पोसाक होइन ‘ह्याप्पी होली’ लेखिएका श्वतेवस्त्रधारीको चहलपहल नयाँसडकदेखि नै लर्को लागेको छ ...

Read More »

अन्तर्राष्ट्रिय महिला दिवस (हेराैं नेपालका सात तस्बिर)

काठमाडाैं, फागुन २५ अाज अन्तरार्राष्ट्रिय महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइदैछ । प्रत्येक वर्ष मार्च ८ मा मनाउने अन्तर्राष्ट्रिय महिला दिवस जागरूकतासम्बन्धी दिवस हो । राजनीतिक तवरबाट सुरु भएतापनि हाल महिला अधिकार, महिला सशक्तीकरण र समानता आदि सवालहरूमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको हो । महिलाको हक अधिकारका साथै सामाजिक, आर्थिक, राजनैतिक तथा सांस्कृतिक विकासका लागि आवाज ...

Read More »

एमालेको मेची–महाकाली अभियान (हेर्नुहाेस् तस्बिरमा)

झापा, फागुन २१ नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियान शनिबारदेखि सुरु भएको छ । झापाको काँकडभिट्टामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिव तथा प्रदेश नम्बर–१ का संयोजक भीम आचार्यलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गरे ।

Read More »

महाशिवरात्रि पर्वमा जे देखियाे… (फाेटाे फिचर)

काठमाडौँ, फागुन १३ महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज नेपालभर मनाइँदैछ । हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा–आराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व असोज शुक्ल अष्टमीको रातको कालरात्रि, श्रीकृष्ण जन्माष्टमीको रातको मोहरात्रि र लक्ष्मीपूजाको रातको सुखरात्रि जत्तिकै महत्वपूर्ण भएको पुराणहरुमा वर्णित छ ...

Read More »

टुँडिखेलमा सेना दिवसको राैनक (फाेटाे फिचर)

समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ आरम्भ गर्नुका साथै बढाइँ कवाजअन्तर्गत लहरे, एकठठा, षट्कोष आकार, डमरु त्रिशूलको आकृति प्रस्तुत गरेको थियो

Read More »

जाल्पा माविकाे हिरक महाेत्सव सम्पन्न (फाेटाे फिचर)

सुदीप अधिकारी चौकीडाँडा, (भोजपुर) पुस २९ यहाँको जाल्पा उच्च माबीले आफ्नो स्थापनाको ६० बर्ष पुगेको अवसरमा भब्य रुपमा हिरक जयन्ती मनाएको छ। हिरक जयन्ती मुल समारोहको उद्घाटन पूर्व संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री तथा भाेजपुर क्षेत्र नं १ का सांसद कृपासुर शेर्पाले गरेका थिए। तीन दिन लगाएर सम्पन्न गरिएको महोत्सबको मूल कार्यक्रम पौष २६ गते थियो। समारोहलाई सम्बोधन गर्दे पूर्व मंत्री ...

Read More »

पञ्चकन्या माविले मनायो ६१औं वार्षिकोत्सव

असिम दुङमाली, भोजपुर (पौवादुङमा) मंसिर २९ जिल्लाको पूर्वीक्षेत्रको च्याङग्रे गाविस स्थित श्री पञ्चकन्या माविको ६१औं वार्षिकोत्सव एक भव्य कार्यक्रमको बीच मंगलबार सम्पन्न भएको छ । केही दिन अघि देखि नै विविध प्रतिस्पर्धात्मक कार्र्यक्रमहरुको साथमा शुरुवात भएको वार्षिकोत्सव, विद्यालयको शुभजन्मोत्सव मंसिर २८ गते नै परेकाले सार्वजानिक विदाकै दिन भए तापनि मूख्य एवम् समापन समारोह आजैको मितिमा राखिएको जानकारी विद्यालय परिवारबाट गराइएको ...

Read More »

अागलागी पछिकाे भाेजपुर (मनै रूने तीन तस्बिर)

काठमाडाैं, मंसिर ६ अाइतबार साँझकाे अागलागीले भाेजपुरका ७ घर जलेर पूर्ण रूपले नष्ट भए । कराेडाैंकाे क्षति भयाे । भाेजपुर नगरपालिका ५ भाेटेपसल सप्तधारा छेउमा दाँतका लहर झैं मिलेर बनेका बस्ती ध्वस्त भएका हुन् । याे ठाउँका सुन्दर घरहरू भग्नावशेषमा परिणत भएका छन् । भूँइचालाेले चर्केर घरहरू अाइतबारकाे अागलागीले पूर्ण रूपले नष्ट भएका छन् । भाेजपुर सदरमुकाममा ठूलाे अागलागीकाे घटना ...

Read More »

सुदूर पहाडमा जात्राको रौनक (मेलौलीको फोटो फिचर)

बैतडी, कात्तिक २८ सुदूरपश्चिमको पहाडी जिल्लाहरुका विभिन्न मन्दिरहरुमा आजबाट दुईदिने मेला तथा जात्रा सुरु भएका छन् । बैतडीको तल्लो स्वराडमा रहेको प्रसिद्ध धार्मिक स्थल मेलौली भगवती मन्दिर , राष्ट्रैकै सातौं धाम मानिएको दार्चुलाको मालिकार्जुन मन्दिर, डडेल्धुरामा रहेको उग्रतारा मन्दिर र डोटी जिल्लाको प्रसिद्ध गगुडा लाटामष्टा मन्दिरमा आइतबारदेखि विशेष पूजाआजासहित जात्रा सुरु भएको हो । प्रसिद्ध शक्तिपीठका रुपमा रहेको मेलौली भगवती ...

Read More »

यति एयरलाइन्सकाे विमान दुर्घटना (फाेटाे फिचर हेर्नुहाेस्)

विमानमा २९ जना यात्रु रहेका थिए। जहाज बरिष्ठ क्याप्टेन डिबी शाहले उडाएका थिए । प्राविधिक समस्याका कारण जहाज दुर्घटनामा परेकाे उच्च स्राेतले जानकारी दिएकाे छ । यती एयरलाइन्स, भैहरवा एयरपोर्टले विमान सामान्य दुर्घटनामा परेको र सबै यात्रु सुरक्षित रहेको बताएको छ ।

Read More »