विचार

नभुल है प्रिय, नेपाल आमालाई …

this is entry  खै, के भनेर संवोधन गरौं तिमीलाई मेरो मन धाजा धाजा भएर चिरिएको छ । आसुको मसीले तिम्रो नाममा दुई शब्द उतार्न बाध्य भएको छु । विपत्तिको भुङ्ग्रोमा सल्किरहेको मनलाई विपत्तिको भार खप्टिएको आभास भएको छ । हो, तिमी पनि हिजोका दिन यही भुङ्ग्रोमा पोलिएकी थियौं म भन्दा नी बढी तिमीलाई यस धर्तीमा पिडाबोध कस्तो हुन्छ भन्ने कुरा मजाले बुझेकी छौं ...

महाशय ᴉ नैतिकताको पाठ सिकाउनै पर्ने हो

this is entry सुनिल सापकोटा नयाँ सरकार गठन भएर हनिमुनको समय समाप्त हुन लागिसकेको छ । तर पुरानै सरकारका अवशेषहरु कायम रहँदा मन्त्रीको स्प्रिटमा समस्या खडा भएको छ । सामान्यतः राजनीतिक नियुक्ति भनेको सरकारले आफ्नो काम कारवाहीलाई शसक्त ,प्रभावकारी र जनमुखी बनाउनका लागि आफू मातहतका निकाय ,संस्थान ,नियोग लगायतमा राजनीतिक नियुक्ति गरेको हुन्छ । जुन संस्थानमा नियुक्ति भएको व्यक्ति हो उसले विभागीय मन्त्री ...

५६ बर्ष अगाडी राजा महेन्द्रले यसरी शाही ‘कू’ गरेका थिए (पूर्णपाठ सहित)

this is entry कुनै नयाँ व्यवस्था गर्न केही समय लाग्ने हुँदा अर्को व्यवस्था नभएसम्म मुलुकको शासनभार हामीबाटै स्वयं ग्रहण गरिबक्सेका छौं । हाललाई यस घोषणाद्वारा संविधानका देहायका धारा निलम्बन गरिबक्सेका छौं – भाग २ का सबै धारा, भाग ३ का सबै धारा, भाग ४को धारा ११ बाहेक अरू सबै धारा, भाग ५को धारा ५५ बाहेकका सबै धारा, भाग ९को परिच्छेद ३ तथा धारा ७३ बाहेक र भाग १० का सबै धारा । यस व्यवस्थाबाट सरकारी, जंगी तथा निजामती कुनै कर्मचारीले आफ्नो जिम्मेवारी, कामकर्तव्यबाट विचलित हुनु वा अल्मलिनुपर्दैन र सबैले आ–आफ्नो स्थानबाट आफ्ना कर्तव्य पालना गर्नेछन् र साथै सबै देशबासीको सदिच्छाले नै देशमा सबै कुराको सुव्यवस्था हुनेछ भन्ने हामीलाई पूर्ण विश्वास लागेको छ ।

ब्रह्मचारी षडानन्दको सम्झना

this is entry एकराज भूजेल आवाल ब्रहमचारी षडानन्दका किंवन्तीका पाना पल्टाएर हेर्दा उनी राजयोग, हठयोग अष्टाङ्ग योग आदि चमत्कारीक साधानमा अबल थिए भन्ने जानकारी हामी सबैलाई भएको छ । त्यतिखेरको समयमा हिडेर यात्रा गर्नु पर्ने भएतापनि उनी आज काठमाण्डौं हुन्थे भने भोलीपल्ट भोजपुरको दिङ्लामा अनि ट्याम्केको तालुमा फुलेका गुँरास घारीमा हरिण मृगसँग रमाउन पुगेका हुन्थे । उनका यस्ता धेरै अद्भूत शक्ति मध्ये रुमाल ...

यिनै बालक थिए शेरधन राई

this is entry सिद्धान्त र नैतिकतामा सम्झौता नगर्ने राईलाई जिल्लावासीले चुनाव जिताएर पठाएदेखी नै मन्त्रीका रुपमा हेरेका थिए । चुनावमा जनतासँग भोट माग्दा समेत मन्त्री बन्ने लगभग कबोल नै उनले गरेका थिए । जिल्लाको राजनीतिमा भुँइतहबाट उठेका र जिल्लाकै भूगोलमा राजनीति गरेका कारण भोजपुरबासीले मन्त्री राईबाट जिल्लामा विकासको आश गरेका छन् । राई त्यस्तो क्षेत्रमा जन्मेर राजनीतिमा लागेका हुन्, जहाँ नुन र पानीको सधै अभाव भईरहन्छ । रोग, भोग र शोक सँग जुधिरहेको भोजपुरका लागि राई मन्त्री भएपछिको भूमिका कस्तो हुन्छ, त्यो भने हेर्न बाँकी छ ।

​नयां युगको आरम्भ

this is entry नेपालको संविधान जारी भइसकेपछिको प्रथम र गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारीको विजयको साङ्केतिक अर्थ छ । यसले नयाँ बिहानी सुरु भएको जनाउ दिँदै शङ्खध्वनी प्रतिध्वनित गरेको छ । राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारीको विजयका धेरै अर्थहरू छन् । यो त्यस्तो युगको सङ्केत हो, जहाँ भोजपुर जस्तो विकट ठाउँमा जन्मेकी सामान्य नागरिक राष्ट्राध्यक्ष जस्तो मुलुकको सर्वोच्च र गरिमामय ओहदामा पुग्न ...

दुर्गम गाउँदेखी शीतल निवाससम्म

this is entry एउटा गज्जबको संयोग चाँही के भने अधिकांश उनका परिवार कांग्रेससँग आबद्ध भए पनि उनि भने कम्युनिष्टसँग नजिक भईन । उनि पनि परिवारका सदस्य जस्तै कांग्रेसको राजनीति गरेको भए आज यो ठाउँमा आउँथिन् आउँदिनन्थिन्, त्यो भन्न सकिन्न तर कम्युनिष्ट पार्टीमा लागेकी उनले आज देशकै सर्वाच्च पदमा निर्वाचित भएर पहिलो महिला राष्ट्रपति बन्ने सुनौलो इतिहास रचेकी छिन् ।

सम्पादकिय – शुभ रहोस् दशैं

this is entry नेपालीहरु विशेष गरी हिन्दुहरुको महान् चाड दशैं सुरु भइसकेको छ । यतिबेला देशमा संविधान जारी भएको छ । तर देश अशान्त छ । तराई लामो समयदेखी बन्द छ । भारतले नेपालमाथि अघोषित नाकाबन्दी गरेको छ । जनता बन्द हडताल र नाकाबन्दीले पिल्सिएका छन् । अभाव चुलिएको छ । यस्तो अशान्त र अभावकैबिच पनि दशैंको रौनक छाउन थालेको छ । त्यसैले त दुःख पीडा र अभावकाबिच पनि हाँस्न सक्दछ नेपाली । २०७२ सालको विजया दशमीले मुलुकमा सुख, शान्ति र समृद्धि भित्र्याओस् । सबै नेपालीको सुस्वास्थ्य र समुन्नति र उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना ।

के भन्छन् प्रधानमन्त्री ?

this is entry सबै दलहरूबीच राजनीतिक समझदारीको आधारमा वृहत्तर राष्ट्रिय एकता कायम गरी नेपालको स्वाभिमान उँचो पार्ने र नेपाली जनताका अपेक्षाहरु पूरा गर्दै जाने दिशामा मेरा प्रयाशहरू केन्द्रित हुनेछन् । यस काममा सार्थक योगदानका लागि म सबै राजनीतिक दलहरू र यस सम्मानित व्यवस्थापिका–संसदका सबै माननीय सदस्यलाई हार्दिक आह्वान गर्न चाहन्छु ।

घोरेटारका ली क्वान यू को बिदाई

this is entry हतुवाका गाँउघरमा त्यस क्षेत्रका कोही व्यक्ति असल रुपमा चर्चित र प्रशंसनीय छन् भने एकजना ईश्वरमान राई नै हुनुहुन्छ । अनुशासनप्रीय छवि, जिम्मेवारी वहन गर्न गरेको त्याग, इमान्दारीता, सरलता, दृढ इच्छाशक्ति, सृजनात्मक सोंच र चुनौतिपुर्ण कार्यको कुशल सम्पादनका कारण नै उहाँको व्यक्तित्व सबैका लागि स्वीकार्य बन्न पुग्यो । ईश्वरमान राईलाई घोरेटारका ली क्वान यू को उपमा दिंदा अतिशयोक्तिपूर्ण हुँदैन जसले लामो समय निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिकाबाट बिदा लिनु भएको छ ।