Home » साहित्य (page 3)

साहित्य

राष्ट्रपतिद्वारा कविहरू पुरस्कृत

काठमाडौँ, चैत्र १९ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा विजयी कविहरूलाई पुरस्कार तथा पदक प्रदान गर्नुभएको छ । प्रतिष्ठानले राष्ट्रपति भवन शीतल निवासमा चैत्र १७ गते बिहीबार आयोजना गरेको पुरस्कार अर्पण समारोहमा राष्ट्रपतिले सो पुरस्कार प्रदान गर्नुभएको हो । समारोेहमा गत वर्ष र यस वर्ष कविता महोत्सवमा विजयी हुन सफल कविहरूलाई पुरस्कृत गरिएको थियो । समारोहमा यसै ...

Read More »

मञ्जुल सम्मानित, मीरा पुरस्कृत

भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले कवि मञ्जुललाई सम्मानित र अल्ट्रा धाविका मीरा राईलाई पुरस्कृत गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले उनीहरूलाई सम्मानित गरेका हुन्

Read More »

प्रज्ञामा मनाइयो विश्व कविता दिवस

काठमाडौँ, चैत्र  ८ विश्व कविता दिवस (२१मार्च) का अवसरमा मङ्गलबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा विशेष कवि गोष्ठीको आयोजना गरियो । कवि गोष्ठीमा ३६ जना नयाँ–पुराना पुस्तका कविहरूले कविता वाचन गर्नुभयो । उक्त विशेष कवि गोष्ठीमा विमल निभा, श्यामल, पुरुषोत्तम सुवेदी, पूर्णविराम, ज्ञानुवाकर पौडेल, विजय सुब्बा, वासुदेव अधिकारी, प्रतिसरा सायमी, विप्लव ढकाल, मोमिला, भीष्म उप्रेती, उमेश राई अकिञ्चन, केबल विनावी, केशव सिलवाल, कृष्ण ...

Read More »

आज विश्व कविता दिवस

काठमाडौँ, चैत्र ८ आज नेपालमा पनि विश्व कविता दिवस मनाइँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठानको पद्य विभागले विशेष कवि गोष्ठी आयोजना गरी दिवस मनाउने प्राज्ञ अमर गिरीले जानकारी दिनुभयो । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । नेपालमा सन् २००२ देखि कविता दिवस मनाउन थालिएको हो ।

Read More »

कविता–फाटकमा घाम

– कविता राई गाउँले जब ओर्लिन्छ घाम आकाशबाट तब मानेडाँडा छेउमा फुलेको चाँपको फूलबाट खसेर हावा यता जाउँ कि, उता जाउँ हुन्छ हाम्रो फाटकमा….. ! एकाबिहानै— आँखा तन्काउन घरका धुरीहरू खोजिहिँड्ने घामका मधुरा किरणहरू प्रत्येक बिहान यसरी नै अल्मलिन्छन् घरि यता, घरि उता घरका चिसा धुरीहरूमाथि हाम्रो फाटकमा…..! शीतले कक्रक्क कक्रिएका घरका छानाबाट चिप्लिएर फेरि अल्मलिन्छ घाम— पहिला आनीका आँखामा ...

Read More »

भीमनिधिको १०६औँ जन्मजयन्ती

काठमाडौँ, चैत्र २ नेपाली साहित्यका मूर्धन्य साहित्यकार भीमनिधि तिवारीको १०६औँ जन्मजयन्तीका उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठान र भीमनिधि तिवारी साहित्य समितिद्वारा संयुक्त रूपमा सोमबार प्रज्ञाभवन कमलादीमा एक विशेष समारोहको आयोजना गरियो । सो समारोहलाई सम्बोधन गर्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले तिवारी नेपाली साहित्यका बहुमुखी प्रतिभा सम्पन्न स्रष्टा भएको धारणा राख्नुभयो । उप्रेतीले भन्नुभयो, ‘तिवारीको योगदान नेपाली साहित्यमा अतुलनीय छ ।’ कार्यक्रमका प्रमुख ...

Read More »

कलाङको साम्बुङ सार्वजनिक

काठमाडौँ, फागुन २९ चित्रकला, मूर्तिकला, सङ्गीत, गायन, नृत्य, अभिनय लगायत कलाका प्रायः सबै विधामा पोख्त कलाङ अर्थात् नारद हार्तम्छाली दोस्रो कविताकृति लिएर आएका छन् । ‘साम्बुङ’ नामक उनको कृति राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा साहित्य विभाग प्रमुख श्रवण मुकारुङ, प्रतिष्ठानका प्राज्ञ सभा सदस्य एवम् नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बू, समालोचक डा. ...

Read More »

समा श्रीको दोस्रो कृति ‘अल्पविराम’ लोकार्पण

काठमाडौं, फागुन २८ कवि समाश्रीको दोस्रो कविता संग्रह ‘अल्पविराम’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । गीतकार चेतन कार्की, साहित्यकार सरुभक्त र कवि निभा शाहले संयुक्त रुपमा ‘अल्पविराम’को लोकार्पण गर्नुभयो । लोकार्पण समारोहमा कवि समाश्रीले ‘अल्पविराम’मा रहेका ५० मध्ये सात कविता वाचन गर्नुभएको थियो । लोकार्पण समारोहमा कृतिबारे कार्यक्रमका प्रमुख अतिथि चेतन कार्की, साहित्यकार विपुल सिंजापति, पत्रकार फूलमान वल, कवि निभा ...

Read More »

नारी दिवसका अवसरमा विचार गोष्ठी

काठमाडौँ, फागुन २७ “नारी र पुरुषबिचको सहअस्तित्व र अन्तरसम्बन्ध प्रगाढ बने मात्रै जीवन सफल र सुमधुर हुन्छ” नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानको समालोचना तथा निबन्ध विभागद्वारा १०७ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित विशेष विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उक्त कुरा बताउनु भएको हो । ‘नारी र पुरुष अन्तरअस्तित्व सम्बन्धि अवधारणा र साहित्यमा त्यसको प्रभाव’ विषयक विशेष विचार गोष्ठीमा ...

Read More »

‘क्रान्तिवीरको सपना’ विमोचित

काठमाडौँ, फागुन १८ नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान कार्यान्वयन भए मात्र जननायक रामप्रसाद राईको सपना पूरा हुने बताएका छन् । राईको १०८ औँ जन्मजयन्तीका अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा ‘क्रान्तिवीरको सपना’ उपन्यास विमोचन गर्दै पूर्वसभामुख नेम्वाङले तीन तहको निर्वाचन गरे मात्र राईको क्रान्तिको सपना पूरा हुने बताएका हुन् । उनले भने, “राईले ...

Read More »