देश अप्ठेरो स्थितिमा गइसक्यो : उपाध्यक्ष पौडेल


 


काठमाडौँ, माघ २० । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले सरकारका कारण देश अप्ठेरो स्थिथिमा रहेको बताएका छन् ।

शनिबार रुपन्देहीमा भएको प्रेस चौतारी मैत्रीपूर्ण फुटसल प्रतियोगिताको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले देशको राजनीति बिग्रिरहेको र यो सङ्लो नभएसम्म देश ठिक ढंगबाट अघि बढ्न नसक्ने दाबी गरे ।

उनले सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग अवस्था पुगेको र भताभुंग भएको बताए ।

उपाध्यक्ष पौडेलले बिग्रिएको राजनीतिलाई लयमा फर्काउनु पर्ने चुनौतिपूर्ण परिस्थिति रहेको बताए ।

प्रकाशित मिति: २० माघ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्