शालिकराम आत्महत्या दुरुत्साहन मुद्दा : रवि लामिछाने र युवराज कँडेललाई सफाई


 



चितवन, माघ ५
न्युज ट्वाइन्टी फोरको ‘सिधा कुरा जनतासंग’ सञ्चालक रवि लामिछाने र युवराज कँडेललाई जिल्ला अदालत चितवनले सफाई दिएको छ ।

शालिकराम आत्महत्या दुरुत्साहत मुद्दामा जिल्ला अदालत चितवनमा आज भएको बहसको फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने र कँडेललाई सफाई दिएको हो ।

अदालतको फैसला सुनाउँदै न्यायाधीश रावलले शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको भन्नेबारेमा कुनै संलग्नता नदेखिएको बताए । भन्दै सञ्चारकर्मीद्धय लामिछाने र कँडेललाई सफाई दिएको हो ।

गत साउन ३१ गते लामिछाने र कँडेललाई न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा पक्राउ गरिएको थियो । यस अघि जिल्ला अदालत चितवनले लामिछानेलाई पाँच लाख रुपैयाँ र कँडेललाई तीन लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

प्रकाशित मिति: ५ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्