नेकपाले टुंग्यायो सभामुखको उम्मेद्वार


 



काठमाडौं, माघ ५
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले लामा रस्साकस्सीपछि प्रतिनिधिसभाको सभामुखको उम्मेदवार टुंगो लगाएको छ । नेकपा सचिवालयको भर्खरै सम्पन्न बैठकले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यसअघि आइतबार विहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो ।

प्रकाशित मिति: ५ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्