आजदेखि फेरि पश्चिमी वायुको प्रभाव, उच्च पहाडी तथा हिमाली भेगमा पानी र हिउँ पर्ने


 


काठमाडौं, माघ ६
आज देशको मध्य र पश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा पानी र हिउँ पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि फेरि पश्चिमी वायुको प्रभाव पर्ने भएकाले देशभरकै आकाशमा बादल लागेर उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ र पानी पर्ने सम्भावना देखिएको छ ।

त्यस्तै तराईका भू–भागमा बिहानैदेखि लागेको कुहिरो पनि सोमबार दिनभर हट्ने सम्भावना छैन । काठमाडौंसहित मध्य र पूर्वका केही ठाउँमा भने अहिले बिहान घाम लाग्ने तर दिउँसो १२ बजेपछि बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए ।

मौसमविद् श्रेष्ठका अनुसार अबको एक–दुई दिन देशका केही ठाउँमा सामान्य पानी र हिउँ पर्ने सम्भावना रहेको छ भने अरु ठाउँको मौसम पनि पूर्णरुपमा खुल्ने सम्भावना छैन । सोमबार बिहान पौने ६ बजेको काठमाण्डौको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रकाशित मिति: ६ माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्