राष्ट्रिय सभा चुनाव : राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै


 



काठमाण्डौं, माघ ६
यही माघ ९ गते हुने राष्ट्रिय सभाको चुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।

आज दिनभर मात्रै चुनावको प्रचारप्रसार गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताअनुसार चुनाव हुनुभन्दा ४८ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुन्छ ।

मौन अवधिमा आफ्ना वेबसाइट, ट्विटर, फेसबुक, भाइबर वा एसएमएसजस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर मत माग्न र चुनाव प्रचारप्रसार लगायत चुनाव, मतदाता र मतदानलाई प्रभाव पार्ने कुनै पनि काम गर्न नपाइने आयोगले जनाएको छ ।

राष्ट्रिय सभामा १८ जना सदस्यका लागि सातै वटा प्रदेशमा चुनाव हुँदैछ । चुनावमा प्रदेशसभाका सांसद तथा पालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

प्रकाशित मिति: ६ माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्