उदयपुरमा बस जुध्दा २९ घाइते


 


उदयपुर, माघ ८
उदयपुरमा बिहीबार दिउसो दुई यात्रुबाहक बस एकापसमा ठोक्किँदा २९ यात्रु घाईते भएका छन् ।

गाईघाट–दिक्तेल सडक खण्डको सदरमुकामदेखि १७ किलोमिटर टाढा साउनेमा भएको दुर्घटनामा पर्नेमध्ये १० जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सदरमुकाम गाईघाटबाट जाँदै गरेको मे १ ख १७४० को बस विपरित दिसाबाट आउँदै गरेको बा २ ख ५४१८ नं. को बससँग त्रियुगा नगरपालिका १४ साउनेमा ठक्कर खाँदा ४ बालक ३ बृद्धासहित र दुवै चालक घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घाईते हुनेहरुमा उदयपुरका १४ जना रहेका छन् भने बाँकी खोटाङ र एकजना ओखलढुंगाका रहेको अस्पतालमा ड्युटीरत जिल्ला प्रहरी जवान सलिम अन्सारीले बताए ।

उनका अनुसार घाईते सबैलाई जिल्ला अस्पतालमा उपचारार्थ ल्याइएकोमा १० जनाको रिफर गरिएको छ भने बाँकीको त्यहीँ उपचार भइरहेको छ । अझै केही विरामीलाई रिफर गर्नुपर्ने अवस्था आउनसक्ने अवस्था रहेको उनले बताएका छन् ।

प्रकाशित मिति: ९ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्