राष्ट्रियसभा चुनावः प्रदेश २ मा नेकपाको विजयी सुरुआत
जनकपुर , माघ ९
राष्ट्रियसभा निर्वाचनको नतिजा आउन सुरु भएको छ ।
यसैक्रममा प्रदेश २ बाट नेकपाकी तुलसा दाहाल महिला तर्फबाट निर्वाचित हुनुभएको छ । प्रदेश २ मा नेकपा र राजपाबीच चुनावी गठबन्धन भएको थियो ।
दाहालले कुल ५ हजार २ सय ८ मतभार प्राप्त गरी जित हासिल गर्नुभएको हो । उहाँकी प्रतिष्पर्धी काँग्रेसकी नगिना यादवले ४ हजार ६ सय ४० मतभार पाउनुभएको थियो । मुख्य विपक्षी काँग्रेसले समाजवादी दलसँग गठबन्धन गरेको थियो ।