प्रदेश २ः दलित सदस्यमा नेकपा विजयी


 


जनकपुर, माघ ९

प्रदेश २ बाट राष्ट्रियसभा निर्वाचनमा दलित सदस्य पदमा नेकपाका राधेश्याम पासवान निर्वाचित भएका छन् ।
उनले समाजवादी पार्टीका रामप्रित पासवानलाई हराउँदै निर्वाचित भएका हुन् ।
राधेश्यामले ५ हजार २ सय ९२ र रामप्रितले ४ हजार ७ सय ४ मतभार पाए । प्रदेश २ मा नेकपाले राष्ट्रिय जनता पार्टी राजपासँग चुनावी तालमेल गरेको थियो भने समाजवादी पार्टीले नेपाली कांग्रेससँग तालमेल गरेको थियो ।

प्रकाशित मिति: ९ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्