कस्तो रहन्छ आज दिनभरको मौसम ?


 


काठमाडौं , माघ १०
बिहीवार बिहानदेखी खुलेको देशभरको मौसम शुक्रबार पनि सफा रहनेछ । तर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशका केही क्षेत्रमा हुस्सु–कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पश्चिम र मध्य तराईका केहि स्थानमा हुस्सु–कुहिरो लागेको छ ।

शुक्रबार दिउँसो देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

यस्तै राति देशको पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

प्रकाशित मिति: १० माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्