माइतीघर मण्डलमा सापकोटाविरुद्ध प्रदर्शन


 


काठमाडौं, माघ ११
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता अग्नि सापकोटालाई सभामुख नबनाउन माग राख्दै काठमाडौंको माइतीघर मण्डलमा शुक्रबार पनि विरोध प्रदर्शन भएको छ । माइतीघर मण्डलमा विभिन्न क्षेत्रका व्यक्तिहरु, नागरिक समाजका प्रतिनिधिलगायतले प्रदर्शन गरेका हुन् ।

मानव अधिकार र कानूनी शासनको सम्मान गर, पीडितलाई थप अपहेलित र अपमान नगर भन्दै नारा लगाएको थियो । हत्या अभियोगमा मुछिएका नेकपाले रिक्त सभामुखका लागि अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सोमबार राजीनामा दिएकी थिइन् ।

सभामुख पदमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य रहेका सापकोटा मात्रै एक्ला उम्मेदवार हुन् । सभामुखका एक्ला उम्मेदवार सापकोटाविरूद्ध सर्वोच्च अदालतमा व्यक्ति हत्या आरोपमा मुद्दा छ । सापकोटालाई तत्काल पक्राउ गर्न माग गर्दै सर्वोच्च अदालतमा रीट परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सापकोटाविरुद्ध रीट दायर गर्दै तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग राख्दै रीट दायर गरेका हुन् ।

प्रकाशित मिति: ११ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्