आजको मौसम : कतै वर्षा र हिमपात, कतै हुस्सु र कुहिरो


 



काठमाडौं, माघ १२
आज देशभर कतै मौमस सफा रहने र कतै वर्षासंगै हिमपात पनि हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि, अधिकांश ठाउँमा भने मौसम सफा रहने छ ।

महाशाखाकाअनुसार आइतबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली हुनेछ । पूर्वी पहाडि भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै उच्च पहाडि तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात पनि हुन सक्ने मौसमविदले बताएका छन् ।

तराईका भूभागमा हुस्सु–कुहिरो लागेता पनि दिउँसोसम्ममा मौसम सामान्यतया सफा रहने सम्भावना छ । आइतबार राति देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १२ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्