खुर्सानीको धुलो छर्केर ५० लाख लुट


 


काटमाडौं, माघ १२

लुटपाटका अनेक उपाय लगाउने लुटेराले खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गरेको पाइएको छ । उनीहरुमध्ये ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राजधानी काठमाडौंको भगवानपाउ भन्ने ठाउँमा बस्ने बच्चुराम गुरुङलाई खुकुरी र फलामको लठ्ठी देखाएर आँखामा खुर्सानीको धुलो छर्किएर ५० लाख रुपैयाँ लुटपाट गर्नेहरु प्रहरी mन्दामा परेका हुन् ।
दाङ पुरन्धारा गाउँपालिका ९ खेप्ताङका बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगरसहित ६ जनालाई पक्राउ परेका हुन् ।
पक्राउ पर्ने अन्यमा नुवाकोट दुप्चेश्वर नगरपालिका ६ का नकुर तामाङ, रसुवा आमा छोदिङ्मो गाउँपालिकाका दावा छिरिङ तामाङ, रामेछाप मन्थलीका कुमारबहादुर बुढाथोकी, रसुवा उत्तरगयाका तेन्जिङबहादुर तामाङ र सञ्जित वाइवा रहेका छन् ।
पक्राउ परेकाहरुलाई महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

माघ ९ गते विहान १० बजे काठमाडौंको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीको शान्तिधाम जाने सडकमा गुरुङलाई भीमबहादुरले मेरो बाजेसँग बल्ने ढुंगा छ भनी ५० लाख रुपैयाँ मागेको र पछि खुकुरी र फलामको लठ्ठी देखाएर आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख लुटेको महाशाखाका एसपी मुकेशकुमार सिंहले बताए ।

प्रकाशित मिति: १२ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्