अरुण जलविद्युत् आयोजनास्थलमा बम विस्फोट



संखुवासभा, माघ १२

सङ्खुवासभा जिल्लामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा आज बम विस्फोट भएको छ ।
चिचिला गाउँँपालिका–३ स्थित आयोजनाको जलविद्युत्गृह छेउमा भएको विस्फोटमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताको संलग्न रहेको आशङ्का गरिएको छ ।
बम विस्फोटबाट अरुण तेस्रोले राखेको जेनेरेटरमा क्षति पुगेको छ । कुकर बम पड्किँदा जेनेरेटर नजीकै पर्खालमा पनि क्षति पुगेको छ । प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन । घटनास्थलमा कुकरका टुक्रा भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News