माटो खन्नेक्रममा पुरिएर सासू बुहारीको मृत्यु




जुम्ला, माघ १४
जुम्लाको चन्दननाथ नगरपालिकामा माटो खानीमा परिएर सासू बुहारीको मृत्यु भएको छ । घर पोत्ने रातो माटो ल्याउन गएका चन्दननाथ नगरपालिका–४ सिंहाचौरकी सासू बुहारी खानीमा पुरिएका हुन् ।

माटो खन्नेक्रममा सोही वडाकै मालाभिडको जङ्गलमा गएकी ४५ वर्षीया सासू नाक्चु सुनार र २५ वर्षीया बुहारी स्यान सुनारको खानी भासिएर घटनास्थलमै मृत्युु भएको डिएसपी लालबहादुर धामीले जानकारी दिए । उनका अनुसार सँगै माटो खन्न गएका नविना ऐडी र पञ्चकन्या सुनार घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News