चमत्कारिक चीनः पाँच दिनमै तयार भयो भव्य अस्पताल, कोरोना उपचार सुरु



बेइजिङ, माघ १५ (एजेन्सी)

चीनमा कोरोना भाइरस महामारीका रुपमा फैलिएपछि गत बिहीबार १० दिनमा नयाँ अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो । चिनियाँ अधिकारीहरुले यसअघि सात दिनमा अस्पताल निर्माण गरेको रेकर्ड भए पनि यसपटक छ दिनमै सक्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नयाँ अस्पतालमा कोरोनाका बिरामीहरुका लागि विशेष उपचार गर्ने बताइएको थियो । तर, चीनले पाँच दिनमै उक्त अस्पताल तयार गर्‍यो । जुन अस्पतालको मंगलबारदेखि सञ्‍चालनमा ल्याएको छ ।

चीनले कोरोना भाइरसका बिरामीलाई उपचार गर्ने हजार शय्याको अस्पताल मंगलबार रातिदेखि सञ्‍चालनमा ल्याइएको हो । एकदिनमै भवन ठड्याइएको र कामदार तथा स्वयंसेवकहरुले निरन्तर ४८ घण्टा खटिएर सुविधा सम्पन्‍न अस्पतालमा रुपान्तरण गरेको डेलिमेलले जनाएको छ ।

वुहान प्रान्तमा बनेको डबेइ माउन्टेन रिजनल मेडिकल सेन्टर मंगलबारदेखि सञ्‍चालनमा आएको हो । वुहान प्रान्तका अधिकारीहरुले उक्त अस्पताल निर्माणमा संलग्‍न सबैलाई तोकिएको समयअगावै काम सम्प‍न्‍न गरेकोमा धन्यवाद दिएका छन् ।

त्यहाँ स्थानीय समय अनुसार राति १०स् ३० बजेदेखि बिरामीहरुको उपचार थालिएको हो । पहिलो पटक संक्रमित भएका कोरोनाका बिरामीलाई उक्त अस्पतालमा स्थानान्तरण गरिएका छन् ।

दक्षिणी वुहानको ह्वागाङमा रहेको उक्त अस्पताल दुई दिनमै बनाइएको हो । यसअघि शुक्रबार भवन निर्माण सम्पन्‍न भइसकेको तर, खाली रहेको बताएका थिइ । शनिबारदेखि अस्पतालको उपकरण जडानदेखिका आन्तरिक कामहरु गरिएको थियो ।

सोमबार अस्पतालमा हजार शय्याहरु व्यवस्थापन गरिएको थियो । यससँगै सोमबार नै पानी, बिजुली र इन्टरनेट जडान गरिएको ह्वाङगाङका सरकारी अधिकारीहरुले बताएका छन् ।

उक्त अस्पताल निर्माणमा रातदिन निरन्तर ५०० भन्दा बढी कामदारहरु र दर्जनौं डोजर र स्काइभेटरहरुले काम गरेका थिए ।

यसअघि बिहीबार सरकारले एक सातामै कोरोना भाइरसका बिरामीको उपचार गर्ने छुट्टै अस्पताल बनाउने घोषणा गरेको थियो ।

यसअघि सन् २००३ सार्सको संक्रमण फैलिएका बेला बेइजिङमा सात दिनमा नयाँ अस्पताल खडा गरिएको थियो ।

२४ घण्टामा थप ७६९ संक्रमित बढेको चीनले पुष्टि गरेपछि उक्त अस्पतालको निर्माण सम्पन्‍न गरिएको थियो । अहिलेसम्म चीनमा ६ हजारभन्दा बढी संक्रमित छन् भने १३२ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News