अछाममा वडा अध्यक्षको हत्या




अछाम, माघ २१
अछामको पन्चदेवल बिनायक नगरपालिका वडा नं. २ का अध्यक्षको हत्या भएको छ । अध्यक्ष पदमबहादुर धामी आज बिहान हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

४० वर्षीय धामी नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए । उनले तत्कालिन एमालेका उम्मेद्वारलाई पराजित गरेका थिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यलय अछामले जानकारी दिएको छ । उनको हत्या कसले गरेको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । घटनाबार थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News