वडाध्यक्ष हत्या प्रकरण : विनायक बजार विहानैदेखि बन्द
अछाम, माघ २२
पञ्चदेवल नगरपालिकाका वडा नम्बर २ का वडाध्यक्ष पदमबहादुर धामीको हत्याको छानबिनको माग गर्दै विनायक बजार आज विहानैदेखि बन्द गरिएको छ।
मृतकका आफन्तले बजारमा यातायातका साधन र पसलहरु बन्द छन्। सडकमा टायर बालेर प्रदर्शन गरिएको छ। वडाध्यक्ष धामीको हत्या भएको दुई दिन बितिसक्दा पनि आफन्तले शव बुझेका छैनन्।
उनीहरुले अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको आरोप लगाएका छन्। नेपाली प्रहरीले भने कुकुरमार्फत अनुसन्धान गर्ने तयारी गरेको भन्दै धनगढीबाट कुकुरसहितको प्रहरीको टोली अछाम पठाइसकेको छ ।