अख्तियार निर्णयको विरोध गर्दा साझा पार्टीका नेता–कार्यकर्ता पक्राउ



काठमाडौँ, माघ २४
साझा पार्टी नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा पहुँचवाला र ठूला नेतालाई उन्मुक्ति दिएको भन्दै बिहीबार आयोगको कार्यालय सामुन्ने विरोध प्रदर्शन गर्न पुगेका सो पार्टीका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सो पार्टीकी बागमती प्रदेश संयोजक समीक्षा बास्कोटासहित एक दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको सो पार्टीले जनाएको छ ।‘एक देश, दुई कानुन’ को विरोधमा पूर्वघोषित कार्यक्रमअनुसार साझा पार्टीले विरोध प्रदर्शन गरेको हो । सिठी जुलुससहित भएको विरोध प्रदर्शनलाई रोक्न प्रहरीले हस्तक्षेप गरेको हो । टंगालस्थित आयोगको मूल गेटअगाडि पुगेका प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप गर्दै रोकेको हो ।

आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि सो प्रकरणमा मुछिएका सत्तारुढ दलका नेताहरुलाई उन्मुक्ति दिइएको र उस्तै आरोप लागेका अन्यलाई मात्र विपक्षी बनाएर मुद्दा दायर गरिएको साझा पार्टीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News