महाथिरपछि ओली एसियाकै प्रभावशाली नेता, आमोले गर्यो भव्य सम्मान



काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओली एसियाकै प्रभावशाली नेता ठहरिएका छन् ।

एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स् (आमो) ले एसियाकै दुरदर्शी नेता घोषणा गर्दै ‘आमो भिजिनरी लिडर एण्ड नेशन बिल्डर अवार्ड २०२०’बाट सम्मान गरेको हो । अर्थात ओली एसियाकै दूरदर्शी नेताका रूपमा सम्मानित भएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले ‘प्रधानमन्त्री केपी शर्मा ओली एसियाली दूरद्रष्टा नेता तथा राष्ट्रनिर्माण अवार्डबाट सम्मानित भएको जनाएको छ ।

आमोले यसअघि मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदलाई यो अवार्डबाट सम्मानित गरेको थियो । महाथीरपछि नेपालबाट ओलीले अवार्ड पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News