एम्बुलेन्समा चित्तल तस्करी, चालक नियन्त्रणमा




धनगढी, माघ २६
बैतडीको डिलासैनी गाउँपालिकाको ए्रम्बुलेन्समा मरेको चित्तल भेटिएको छ । चित्तल तस्करीमा एम्बुलेन्स प्रयोग भएको भेटिएपछि प्रहरीले एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएको एम्बुलेन्स केही महिनाअघि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले डिलासैनी गाउँपालिकालाई हस्तान्तरण गरेको थियो ।

आइतबार कञ्चनपुरबाट फर्केर डिलाशैनी गाउँपालिकातर्फ जादैं गरेको सुपप्र ०१ ००१ झ ३४६ नम्बरको एम्बुलेन्समा चित्तल मारेर ल्याएको भेटिएपछि एम्बुलेन्सहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए ।

उनअनुसार उक्त चित्तल वन कार्यालयलाई बुझाउने र चालकलाई कानुन अनुसार कार्वाही गरिने छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News