कोरोना संक्रमण रोक्न चीनमा नयाँ प्रयोग, खाना, औषधि र सूचना रोबर्टबाटै !




चीनको वुहानबाट फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि चीनमा शैली अपनाइएको छ । भाइरसबाट बच्न रोबर्टको प्रयोग गरिन थालिएको छ । चीनमा अहिलेसम्म नौं सय १० जनाको ज्यान गइसकेको छ भने ४० हजार भन्दा बढी संक्रमित छन् ।

यो संख्या अझै बढी भएको दावी गरिएको छ । अस्पतालमा विरामीलाई खाना र औषधि रोबोटको मद्धतबाट पुर्याइएको छ । ताकि डाक्टर र नर्सहरुलाई समेत संक्रमण नफैलियोस् । यसका साथै ड्रोनको मद्धतबाट समेत मानिसलाई मास्क लगाउन र अन्य सूचनाहरु पनि रोबर्टबाटै दिन थालिएको छ ।

यो शैलीप्रति विरामी पनि खुशी भएको बताइएको छ । रोबोटलाई अस्पतालका कर्मचारीसरहत प्रशिक्षण दिइएको थियो । रोबोटले कोरोना भाइरस फैलिन नदिन सही सावित हुन सक्ने विश्वास लिइएको छ ।

कोरोना भाइरसबारे पहिलो पटक जानकारी दिने डाक्टर ली वेनलियांगको गत फेब्रुअरी ७ तारिखमा मृत्यु भएपछि चीन सरकारले नयाँ शैली अपनाएको हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News