बाग्मती प्रदेशकोे भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुँयाल नियुक्त




हेटौंडा, माघ २९
बाग्मती प्रदेशकोे भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुँयाललाई नियुक्त गरिएको छ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं जिल्ला क्षेत्र नम्बर ३ को प्रदेश(२ बाट निर्वाचित फुँयाललाई बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीका रुपमा नियुक्त गरेका हुन्‌।

पार्टीको केन्द्र र प्रदेशका नेताहरुसँगको लामो परामर्शपछि मुख्यमन्त्री पौडेलले फुँयाललाई प्रदेशको भौतिक मन्त्रालय जिम्मा लगाउन लागेका हुन्। केशब स्थापितको बर्खास्तीपछि मन्त्रालय खाली रहेको थियो ।

आज प्रदेश सरकार गठन भएको दुई बर्षको वार्षिक कार्यक्रम सकिएपछि दिउँँसो ४ बजे फुँयाललाई सपथ ग्रहण गराइने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News