प्रेस युनियन काठमाडौँको अध्यक्षमा दुलाल



काठमाडौं, माघ २९
नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्षमा जगन्नाथ दुलाल निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेदवार महेश्वर गौतमलाई ९२ मतान्तरले हराउँदै दुलाल निर्वाचित भएका हुन् ।

युनियनको मङ्गलबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट दुलालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।

दुलालले २८५ मत प्राप्त गर्नुभयो भने गौतमले १९३ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत प्रकाश रावलले जानकारी दिए । कूल ८४३ सदस्य रहेको काठमाडौँ शाखामा अध्यक्ष पदका लागि निर्वाचन हुँदा ४७७ मत खसेको थियो । 

शाखाको उपाध्यक्ष खुलामा अच्युत रेग्मी, समावेशी उपाध्यक्षमा टुकामाया भण्डारी, सचिवमा अक्कलबहादुर कुँवर, सहसचिवमा सञ्चिता खनाल र कोषाध्यक्षमा निरास तामाङ निर्वाचित भएका छन् । 

यस्तै सदस्यमा मनोज भण्डारी, निर्मल धिताल, रोशन सापकोटा, नवराज भट्ट, प्रवीण श्रेष्ठ, घनश्याम श्रेष्ठ, लोकेन्द्र भट्ट र राधा ढुङ्गाना निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News