नेपाली सेनाको ट्रक दुर्घटना, जमदारको मृत्युु, छ जना घाइते




तुलसीपुर, माघ २९
नेपाली सेनाको ट्रक दुर्घटना हुँदा एक सैनिक मृत्यु भएको छ । दुर्घटनामा परेर छ जना घाइते भएका छन् । सल्यानको सिमखर्कमा रहेको सवुज गणबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको लु१ग १२३ नम्बरको ट्रक कपुरकोट गाउँपालिका–३ मा पर्ने दाङ र सल्यानको सिमाना पर्ने चोरखोला नजिकै आज दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा सवुज गणमा कार्यरत हेटौडा घर भएका जमदार यादवराज ढडेल रहेको १९ नम्बर बाहिनी अड्डा तुलसीपुरले जानकारी दिएको छ । ढडेलको घटनास्थलमै मृत्यु भएको सेनाले जानकारी दिएको छ ।

त्यसैगरी घटनामापरी घाइते हुनेमा मेजर ईश्वर शिलवाल, हवलदार जयप्रकाश बोहरा, मोहन थापा, सिपाई विशाल गुरुङ, रोशन हिटन, र विपिन श्रेष्ठ रहेको १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति सुशिल भण्डारीले जानकारी दिए ।

घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि सेनाकै हेलिकप्टरमार्फत काठमाडौंस्थित छाउनी हस्पिटलमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News