सडक दुर्घटनामा अभिनेत्री महिमा सिलवालको निधन, बहिनीको पनि ज्यान गयो




काठमाडौं, फागुन १
स्कुटर दुर्घटनामा परि अभिनेत्री महिमा सिलवालको निधन भएको छ। काठमाडौंबाट चितवन जानेक्रममा महिमाले चलाएको बा ९८ प ७०५८ नम्बरको स्कुटर भैरहवाबाट काठमाडौं आइरहेको लु २ ख १३५ नम्बरको बससँग ठक्कर खाँदा उनको निधन भएको हो।

बुधबार साँझ भएको दुर्घटनामा उनकी बहिनी शर्मिला सिलवालको पनि निधन भएको प्रहरी निरीक्षक भोजराज पाण्डेले बताए।

प्रहरी निरिक्षक पाण्डेका अनुसार दुर्घटनामा घाइते भएकी महिमाको उपचारका क्रममा गजुरी स्वास्थ्य केन्द्रमा निधन भएको हो भने शर्मिलाको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौंमा निधन भएको हो।

बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। ‘कारवाही’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यू गरेकी अभिनेत्री महिमाले अप्रिल फुल, चियर्स, दानव, जिग्लो आदि सिनेमामा अभिनय गरेकी छिन्। सिनेमाका अलावा म्यूजिक भिडियो अभिनयमा पनि उनी सक्रिय थिइन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News