एचआईभी संक्रमित महिला सुत्केरी, जन्मियो स्वस्थ बच्चा




बुटवल, फागुन १
रूपन्देहीमा एक भी संक्रमित महिलाले बच्चालाई जन्म दिएकी छन् । २४ वर्षीया महिलालो चार वर्षअघि छोरी जन्माएकी थिइन् । अहिले खुसी छिन्। उनका पति र छोरीमा भने एचआईभी ‘नेगेटिभ’ छ।

चिकित्सकको सल्लाहमै गर्भवती भएकी उनकी छोरी सकुशल जन्मिएकी थिइन्। एचआईभी संक्रमित महिलाले स्वस्थ बच्चा जन्माउन सक्छन् भन्ने उदाहरण हो यो। लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्लो साढे दुई वर्षमा ३० जना एचआईभी संक्रमित महिला सुत्केरी भएका छन्।

प्रादेशिक अस्पतालमा एचआईभी संक्रमितका लागि सेवा दिइरहेको एएचअफ नेपालका क्षेत्रीय कार्यक्रम संयोजक धर्मराज भट्टराईले भने, ‘औषधि खाएपछि हुने यौनसम्पर्कबाट एचआईभी सर्दैन। त्यही उपायबाट महिला गर्भवती हुन्छन्।’

चिकित्सकका अनुसार संक्रमित गर्भवतीको पेटबाट शल्यक्रिया गरेर बच्चा निकालिन्छ। बच्चा जन्मिनेबित्तिकै औषधि खुवाउनुपर्छ। आमाको दुध खुवाउन्जेलसम्म औषधि खुवाइने भट्टराईले बताए।

साढे दुई वर्ष अवधिमा जन्मिएका ३० मध्ये २१ जना बालबालिका एचआईभी संक्रमणमुक्त छन्। नौ बालबालिकामा भने संक्रमण भए÷नभएको खुलेको छैन। ०७५÷०७६ मा संक्रमित नौ महिला अस्पतालमा सुत्केरी भएका थिए। चिकित्सकको परामर्शमा उनीहरूले संक्रमणरहित बच्चा जन्माएका हुन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News