प्रचण्डको स्वीकारोक्तिः शान्ति प्रक्रियामा नआएको भए माओवादी समाप्त हुन्थ्यो



काठमाडौं, फागुन १

राजधानीमा आयोजित जनयुद्ध दिवसमा सहभागी नेताहरु

नेकपा अध्यक्ष पुष्पकमल दाहाल लागृेका कुरा फ्याटटै भनिहाल्ने नेतामध्येमा पर्नुहुन्छ ।

केही दिनअघि ‘कान्तिपुर कनक्लेभ’ मा प्रचण्डको भनाइ थियो ‘लागेका कुरा म लुकाउन सक्दिनँ । यो मेरो विशेषता हो ।’

यहीक्रममा आज राजधानीमा आयोजित जनयुद्ध दिवसमा पनि प्रचण्डले भन्नुभयो ‘ तत्कालीन माओवादी समाप्त हुने खतरा देखेपछि शान्ति प्रक्रियामा आएको हुँ।’ शान्ति प्रक्रियामा आउने भनेर सही समयमा, सही निर्णय गरिएको उहाँको भनाइ छ ।
पेरु, श्रीलंका, भारतलगायत देशका माओवादी आन्दोलनले गम्भीर धक्का खाएको चर्चा गर्दै उहाँले भन्नुभयो ‘‘माओवादी आन्दोलनको अवतरण सही समयमा गराइएको हो, नगराइएको भए समाप्त हुने थियो ।’
अहिले कतिपयले जनयुद्धको नक्कल गर्न खोजेको भन्दै प्रचण्डले उनीहरु सफल नहुने ठोकुवा पनि गर्नुभयो ।
तत्कालीन माओवादी र तत्कालीन एमालेबीच पार्टी एकता अचानक नभएको भन्दै उहाँले सही नीति र नेतृत्व भएका कारण एकता सम्भव भएको बताउँदै थप्नुभयो ‘‘यो कसैको लहडमा भएको होइन ।’

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल सहभागी थिएनन् । उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादललगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News