प्रहरी जवानले आफैँलाई गोली हाने, गम्भीर घाइते




सिन्धुली, फागुन २
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् । महोत्तरी घर भएका प्रहरी जवान चन्द्रकिशोर रायले आफैँलाई पेटमा गोली हानेर गम्भीर घाइते भएका हुन् ।

घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिए। उनलाई एम्बुलेन्समार्फत काठमाडौं पठाइएको छ । गोली हान्नुको कारण भने खुल्न सकेको छैन । घटनाबारे आवश्यक अनुसन्धान शुरु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News