बालिकालाई हात खुट्टा बाँधेर करणी ! दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिए महिला



कपिलबस्तु, फागुन २
कपिलबस्नुमा आफ्नै उद्योगमा कार्यरत १४ वर्षीया बालिकालाई जबरजस्ती करणीको भन्दै आरोपीलाई कारवाहीको माग गर्दै महिलाहरु प्रदर्शनमा उत्रिएका छन् । महिलाहरु जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रदर्शनमा उत्रिएका हन् ।

कपिलवस्तु नगरपालिका–१ नयाँटोल तौलिहवामा रहेको सुर्ति तथा गुटखा उद्योगमा कार्यरत १४ वर्षीया एक बालिकालाई उद्योगका सञ्चालक अर्जुन श्रेष्ठले माघ १७ गते हात खुट्टा बाँधेर जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

बालिकाकी आमाले श्रेष्ठमाथि कारबाहीको माग गर्दै जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले श्रेष्ठविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरेको छ ।

श्रेष्ठलाई कारबाही गर्न प्रहरी प्रशासनले बेवास्ता गरेको भन्दै तौलिहवाका महिलाहरुले विरोध प्रदर्शन गरेका हुन् । महिलाहरुको समूहले जिल्ला प्रहरी कार्यालय तौैलिहवा पुगेर आरोपी श्रेष्ठलाई तत्कालै नियन्त्रणमा लिई कारवाही गर्न माग गरेको छ। पीडकविरुद्ध किटानी जाहेरी गरेको दुई साता बित्दासम्म पनि प्रहरीले आरोपीलाई पक्राउ गरेको छैन ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपशम्शेर जबराले आरोपित श्रेष्ठविरुद्ध परेको उजुरीका आधारमा उनको खोजी र घटनाको सुक्ष्म अध्ययन भइरहेको बताए । बालिका बुवा छैनन् भने आमा अपाङ्ग छिन् । उनी काम गरेर नै गुजरा चलाइरहेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News