यी पागल प्रेमी प्रहरी, जसले प्रेम प्रस्ताव अस्वीकृत हुँदा आफैलाई गोली हाने



सिन्धुली, फागुन २
आज प्रणय दिवस । प्रेमी–प्रेमिकाले उल्लासपूर्वक मनाउने दिन । यही दिन नेपालमा यस्ता प्रेमी पनि भेटिएका छन्, जसले प्रेम प्रस्ताव राख्दा अस्वीकार भएपछि आत्महत्याकै प्रयास गरेका छन् ।
भ्यालेन्टाइन डे मै राखेको प्रेम प्रस्ताव युवतीले अस्वीकार गरेपछि सिन्धुलीमा एक जना प्रहरी जवानले आत्महत्याको प्रयास गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा काजमा कार्यरत प्रहरी जवान २२ वर्षीय चन्द्रकिशोर रायको प्रेम प्रस्ताव अर्की महिला प्रहरीले अस्वीकार गर्दा आफैंलाई गोली हानी आत्महत्याको प्रयास गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले घाइते अवस्थामा उनलाई उद्दार गरिएको जानकारी दिएको छ । उनको अहिले उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News